2026-10-06 09:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

एमालेमा देखा परेका समस्याहरू समाधान गर्न वर्तमान नेतृत्व सक्षम : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीमा देखा परेका समस्याहरू समाधान गर्न वर्तमान नेतृत्व सक्षम रहेको बताएका छन्।

समकालीन राजनीतिक दलहरूमध्ये एमालेमा सबैभन्दा कम आन्तरिक समस्या रहेको उल्लेख गर्दै, पार्टीका चुनौतीहरू समाधानका लागि बाह्य सहयोग आवश्यक नरहेको पनि उनले स्पष्ट पारे।

जनसंगठन संयन्त्रको बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले एमाले कुनै पनि “गंगाजल जस्तो” वा “धोएको मुला जस्तो” शुद्ध पार्टी नभए पनि अन्यको तुलनामा कम समस्याग्रस्त रहेको बताए। उनका अनुसार पार्टीमा देखिएका समस्याहरूलाई नीति र विधिको माध्यमबाट समाधान गर्न सकिन्छ।

पार्टी विधान महाधिवेशनको सन्दर्भमा बोल्दै पौडेलले भदौको तेस्रो साता आयोजना हुने विधान महाधिवेशनले १०औं महाधिवेशनपछि देखिएका कार्यान्वयनका जटिलता समाधान गर्न र संस्थागत सुधारको दिशामा मार्गनिर्देशन गर्ने बताए। उनले विधान संशोधनका विषयहरू केन्द्रीय कमिटीले प्रस्ताव गर्ने र ती विषय महाधिवेशन प्रतिनिधिलाई छलफलका लागि पठाइने जनाएका छन्।

नेतृत्वको विषयमा अघिल्लो महाधिवेशनसम्म छलफल गर्नु अनुचित हुने बताउँदै पौडेलले अनावश्यक अनुमान र समूहगत विभाजनबाट टाढा रहन निर्देशन दिएका छन्। “विधान महाधिवेशन नहुन्जेल नेतृत्वका विषयमा चर्चा आवश्यक छैन,” उनले भने, “विधि तय भएपछि मात्र छलफल गरौं। एमालेमा नेतृत्वको विषयमा कुनै समस्या छैन।”

पार्टी र जनसंगठनबीच देखिएको सक्रियताको कमीप्रति पनि उनले गम्भीर प्रश्न उठाए। “एक समय सिटी फुक्दा हजारौं कार्यकर्ता सडकमा उत्रन्थे, तर अहिले किन यो शिथिलता?” भन्दै उनले आत्मसमीक्षा आवश्यक रहेको बताए। जनसंगठनलाई पार्टीको महत्वपूर्ण अंगको रूपमा जनतासँगको सम्पर्क बलियो बनाउने जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।

पौडेलले २०४६/०४७ र २०६२/०६३ का जनसंगठनहरू निकै सशक्त रहेको स्मरण गर्दै हालको स्थिति कमजोर भएको बताए। “जनसंगठन भनेको पार्टीको ब्याड हो,” उनले भने, “त्यहाँ हुर्किएका विरुवालाई पार्टीमा सारिन्छ। अहिले भने कतिपय जनसंगठनले पार्टीका कार्यकर्तामै सीमित रहेर संगठन विस्तारको अवसर गुमाइरहेका छन्।”

बैठकमा हालै महाधिवेशन सम्पन्न भएका १६ वटा जनसंगठनका इन्चार्ज, अध्यक्ष, निवर्तमान अध्यक्ष र महासचिवहरूको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो