३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

धुलिखेलमा ‘परामाणविक केन्द्र’ निर्माणार्थ प्रक्रिया बढाइँदै

४ असार २०८२, बुधबार १७:०५
काठमाडौँ । धुलिखेलमा ‘परामाणविक केन्द्र’ (एमटिक रिसर्च सेन्टर) निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । यसका लागि धुलिखेल नगरपालिका–८ स्थित भाटापोखरीमा जग्गा प्राप्तिका लागि कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त केन्द्र निर्माण गर्न लागेको हो । मन्त्रालयका अनुसार योजना सुरु गर्न न्यूनतम रु तीन अर्बको चाहिन्छ । मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीका अनुसार त्यसका लागि पनि दातृ निकायदेखि विश्व बैङ्कसमेतलाई अपिल गरिनेछ । न्युकिलियर मेडिसिन निर्माण तथा सबै क्षेत्रका रिसर्चका लागि यस अनुसन्धान केन्द्र महत्वपूर्ण हुने पुडासैनीले बताउनुभएको छ ।
पुडासैनीले सोमबार जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाइएको स्थलगत निरीक्षणका क्रममा केन्द्रको सुरक्षा र स्थानीयलाई खतरा हुने कुरामा भने कुनै शङ्का नगर्न अपिलसमेत गर्नुभएको छ । उहाँका अनुसार केन्द्र निर्माण भएपछि क्यान्सरजस्ता बिरामीको उपचारको क्षेत्रमा राज्यले ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ । सेन्टरमा सरकारले सात बर्षअघि पारित गरेको ‘रेडियोधर्मी पदार्थ’ (रेडियोएक्टिभ मेटेरियल)को (उपयोग तथा नियमन) ऐन, २०७७ अनुसारका खोज तथा अनुसन्धान हुने मन्त्रालयले जनाएको छ ।
रेडियोधर्मी पदार्थ भन्नाले अल्फा कण वा बिटा कण वा गामा–रेजस्ता विकीरण पैदा गर्नसक्ने पदार्थ सम्झनुपर्छ । यस्तै कुनै अभ्यास, क्रियापलाप वा संयन्त्रबाट निष्कासित रेडियोधर्मी पदार्थ वा सोसँग सङ्क्रमित चिज वा वस्तुलाई सम्झनुपर्छ ।
केन्द्र निर्माणार्थ धुलिखेल नगर कार्यपालिकाबाट निर्णय भइ खोल्सा–खाल्सी र जमिनभित्रको मन्दिर बाहेकका करिब ९२ रोपनी जग्गा दिने निर्णय भइसकेको र जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको वडाध्यक्ष विनोद गौतमले बताउनुभयो । उहाँका अनुसार वर्षेनी खर्च भएको अर्बौँ रकम जोगाउन र उपचार अभाव तथा औषधिमा भएको परनिर्भरता कम गर्नसमेत यस केन्द्र उपयोगी हुने अपेक्षा गरिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’