2026-09-14 09:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

धुलिखेलमा ‘परामाणविक केन्द्र’ निर्माणार्थ प्रक्रिया बढाइँदै

काठमाडौँ । धुलिखेलमा ‘परामाणविक केन्द्र’ (एमटिक रिसर्च सेन्टर) निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । यसका लागि धुलिखेल नगरपालिका–८ स्थित भाटापोखरीमा जग्गा प्राप्तिका लागि कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त केन्द्र निर्माण गर्न लागेको हो । मन्त्रालयका अनुसार योजना सुरु गर्न न्यूनतम रु तीन अर्बको चाहिन्छ । मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीका अनुसार त्यसका लागि पनि दातृ निकायदेखि विश्व बैङ्कसमेतलाई अपिल गरिनेछ । न्युकिलियर मेडिसिन निर्माण तथा सबै क्षेत्रका रिसर्चका लागि यस अनुसन्धान केन्द्र महत्वपूर्ण हुने पुडासैनीले बताउनुभएको छ ।
पुडासैनीले सोमबार जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाइएको स्थलगत निरीक्षणका क्रममा केन्द्रको सुरक्षा र स्थानीयलाई खतरा हुने कुरामा भने कुनै शङ्का नगर्न अपिलसमेत गर्नुभएको छ । उहाँका अनुसार केन्द्र निर्माण भएपछि क्यान्सरजस्ता बिरामीको उपचारको क्षेत्रमा राज्यले ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ । सेन्टरमा सरकारले सात बर्षअघि पारित गरेको ‘रेडियोधर्मी पदार्थ’ (रेडियोएक्टिभ मेटेरियल)को (उपयोग तथा नियमन) ऐन, २०७७ अनुसारका खोज तथा अनुसन्धान हुने मन्त्रालयले जनाएको छ ।
रेडियोधर्मी पदार्थ भन्नाले अल्फा कण वा बिटा कण वा गामा–रेजस्ता विकीरण पैदा गर्नसक्ने पदार्थ सम्झनुपर्छ । यस्तै कुनै अभ्यास, क्रियापलाप वा संयन्त्रबाट निष्कासित रेडियोधर्मी पदार्थ वा सोसँग सङ्क्रमित चिज वा वस्तुलाई सम्झनुपर्छ ।
केन्द्र निर्माणार्थ धुलिखेल नगर कार्यपालिकाबाट निर्णय भइ खोल्सा–खाल्सी र जमिनभित्रको मन्दिर बाहेकका करिब ९२ रोपनी जग्गा दिने निर्णय भइसकेको र जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको वडाध्यक्ष विनोद गौतमले बताउनुभयो । उहाँका अनुसार वर्षेनी खर्च भएको अर्बौँ रकम जोगाउन र उपचार अभाव तथा औषधिमा भएको परनिर्भरता कम गर्नसमेत यस केन्द्र उपयोगी हुने अपेक्षा गरिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले