काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट सफाइ पाएका दुई भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ।
महेन्द्रनगर विकास समितिका तत्कालीन अध्यक्षहरू कान्तुराम पनेरु र पल्टु राणाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकोमा विशेष अदालतले २०८१ साल वैशाख २४ गते उनीहरूलाई सफाइ दिएको थियो। उक्त फैसला चित्त नबुझेको भन्दै अख्तियारले पुनरावलोकनका लागि सर्वोच्चमा पुनरावेदन दिएको हो।
अख्तियारले पल्टु राणाविरुद्ध १ करोड ९३ लाख ११ हजार रुपैयाँ र कान्तुराम पनेरुविरुद्ध २९ लाख ७४ हजार रुपैयाँ भ्रष्टाचारको आरोपसहित मुद्दा दायर गरेको थियो।
पुनरावेदनमा अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) अनुसार सजायको माग गर्दै सोही दफाको आधारमा बिगो असुल उपर गर्न समेत माग प्रस्तुत गरेको छ।