२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजामा इजरायली आक्रमण: राहतको पर्खाइमा रहेका २९ जनासहित ७२ प्यालेस्टिनीको मृत्यु

५ असार २०८२, बिहीबार १३:०६

काठमाडौँ। इजरायली सेनाको आक्रमणमा गाजाको विभिन्न स्थानमा कम्तीमा ७२ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। मृतकमध्ये २९ जना राहत बोकेर आइरहेका ट्रकको प्रतीक्षामा रहेको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बुधबार मध्य गाजाको नेटजरिम करिडोरस्थित सलाह अल–दिन सडकमा भएको आक्रमणमा १ सय जनाभन्दा बढी घाइते भएका छन्। स्वास्थ्यकर्मीहरूलाई उद्धृत गर्दै अल जजिराले यो जानकारी दिएको हो।

त्यसैदिन इजरायलले गाजामा हवाई हमला पनि जारी राखेको थियो। दक्षिण गाजाको जेइतोउन क्षेत्रमा एक घरमा गरिएको हवाई आक्रमणमा ८ जनाको मृत्यु भएको बताइएको छ।

यसैगरी, दक्षिणी गाजामा घरबारविहीन नागरिक बसोबास गर्दै आएका अल–मवासी क्याम्पमा भएको आक्रमणमा ८ जनाभन्दा बढी सर्वसाधारणले ज्यान गुमाएका छन्।

मध्य गाजाको मेघाजी क्याम्पमा भएको अर्को आक्रमणमा एकै परिवारका तीन सदस्यसहित १० जनाको मृत्यु भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्।

इजरायली कारबाहीको विरोध गर्दै हमासले राहतको प्रतीक्षामा रहेका नागरिक र आवासीय क्षेत्रमा गरिएका आक्रमणहरूको कडा भर्त्सना गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित