२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजामा इजरायली आक्रमण: राहतको पर्खाइमा रहेका २९ जनासहित ७२ प्यालेस्टिनीको मृत्यु

२०८२, ५ असार बिहीबार १३:०६

काठमाडौँ। इजरायली सेनाको आक्रमणमा गाजाको विभिन्न स्थानमा कम्तीमा ७२ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। मृतकमध्ये २९ जना राहत बोकेर आइरहेका ट्रकको प्रतीक्षामा रहेको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बुधबार मध्य गाजाको नेटजरिम करिडोरस्थित सलाह अल–दिन सडकमा भएको आक्रमणमा १ सय जनाभन्दा बढी घाइते भएका छन्। स्वास्थ्यकर्मीहरूलाई उद्धृत गर्दै अल जजिराले यो जानकारी दिएको हो।

त्यसैदिन इजरायलले गाजामा हवाई हमला पनि जारी राखेको थियो। दक्षिण गाजाको जेइतोउन क्षेत्रमा एक घरमा गरिएको हवाई आक्रमणमा ८ जनाको मृत्यु भएको बताइएको छ।

यसैगरी, दक्षिणी गाजामा घरबारविहीन नागरिक बसोबास गर्दै आएका अल–मवासी क्याम्पमा भएको आक्रमणमा ८ जनाभन्दा बढी सर्वसाधारणले ज्यान गुमाएका छन्।

मध्य गाजाको मेघाजी क्याम्पमा भएको अर्को आक्रमणमा एकै परिवारका तीन सदस्यसहित १० जनाको मृत्यु भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्।

इजरायली कारबाहीको विरोध गर्दै हमासले राहतको प्रतीक्षामा रहेका नागरिक र आवासीय क्षेत्रमा गरिएका आक्रमणहरूको कडा भर्त्सना गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण