२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मितेरी सहकारी ठगी प्रकरण : ज्योतिबहादुर भण्डारीका दुई नागरिकता र राहदानी, थप छानबिनमा प्रहरी

५ असार २०८२, बिहीबार १३:३७

काठमाडौं । मितेरी बचत तथा ऋण सहकारी संस्था घोटालाका मुख्य अभियुक्त ज्योतिबहादुर भण्डारीविरुद्ध काठमाडौं प्रहरीले नागरिकता र राहदानीसम्बन्धी थप छानबिन सुरु गरेको छ।

कम्बोडियाबाट पक्राउ परेपछि नेपाल ल्याइएका भण्डारीको नाममा दुई फरक नागरिकता र राहदानी भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान अघि बढाएको हो।

सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काका अनुसार भण्डारीले कास्की र बर्दियाबाट अलग–अलग नागरिकता र राहदानी लिएका छन्।

ललितपुरस्थित मितेरी सहकारीको रकम अपचलन गरेर फरार रहेका भण्डारीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस समेत जारी गरिएको थियो। उनीमाथि सहकारीका १४४ जना सदस्य र सञ्चालकको समेत गरेर करिब १४ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ।

प्रहरी अनुसन्धानअनुसार, उनले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी तथा सहकारीकी तत्कालीन महाप्रबन्धक ज्योति गुरुङमार्फत रकम लिएका थिए। उक्त रकम सुरुमा थाइल्याण्ड लगिएको र पछि क्रिप्टोकरेन्सीको माध्यमबाट अन्यत्र स्थानान्तरण गरिएको आशंका प्रहरीले व्यक्त गरेको छ।

भण्डारीले सहकारीको रकम फिर्ता गरिदिने भन्दै ह्वाट्स एपमार्फत पदाधिकारीहरूसँग सम्पर्क गरेको प्रमाण समेत प्रहरीले फेला पारेको छ। उनले मितेरी सहकारीका सचिव कृष्णबहादुर रानालाई ग्लोबल आईएमई बैंक, इन्द्रचोक शाखामा ३३ करोड ११ लाख रुपैयाँ पठाएको दाबी गर्दै टोकनको फोटो समेत पठाएका थिए। तर, वास्तविक रूपमा भने कुनै रकम नपठाई झुक्याउने उद्देश्यले यस्तो कार्य गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको सीआईबीका एक अनुसन्धान अधिकृतले जनाएको छ।

प्रहरीका अनुसार, भण्डारीले उल्टै सो रकम लिन “कसिमन तिर्छु” भन्दै रकम ठगी गर्न खोजेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार