२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मितेरी सहकारी ठगी प्रकरण : ज्योतिबहादुर भण्डारीका दुई नागरिकता र राहदानी, थप छानबिनमा प्रहरी

५ असार २०८२, बिहीबार १३:३७

काठमाडौं । मितेरी बचत तथा ऋण सहकारी संस्था घोटालाका मुख्य अभियुक्त ज्योतिबहादुर भण्डारीविरुद्ध काठमाडौं प्रहरीले नागरिकता र राहदानीसम्बन्धी थप छानबिन सुरु गरेको छ।

कम्बोडियाबाट पक्राउ परेपछि नेपाल ल्याइएका भण्डारीको नाममा दुई फरक नागरिकता र राहदानी भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान अघि बढाएको हो।

सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काका अनुसार भण्डारीले कास्की र बर्दियाबाट अलग–अलग नागरिकता र राहदानी लिएका छन्।

ललितपुरस्थित मितेरी सहकारीको रकम अपचलन गरेर फरार रहेका भण्डारीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस समेत जारी गरिएको थियो। उनीमाथि सहकारीका १४४ जना सदस्य र सञ्चालकको समेत गरेर करिब १४ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ।

प्रहरी अनुसन्धानअनुसार, उनले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी तथा सहकारीकी तत्कालीन महाप्रबन्धक ज्योति गुरुङमार्फत रकम लिएका थिए। उक्त रकम सुरुमा थाइल्याण्ड लगिएको र पछि क्रिप्टोकरेन्सीको माध्यमबाट अन्यत्र स्थानान्तरण गरिएको आशंका प्रहरीले व्यक्त गरेको छ।

भण्डारीले सहकारीको रकम फिर्ता गरिदिने भन्दै ह्वाट्स एपमार्फत पदाधिकारीहरूसँग सम्पर्क गरेको प्रमाण समेत प्रहरीले फेला पारेको छ। उनले मितेरी सहकारीका सचिव कृष्णबहादुर रानालाई ग्लोबल आईएमई बैंक, इन्द्रचोक शाखामा ३३ करोड ११ लाख रुपैयाँ पठाएको दाबी गर्दै टोकनको फोटो समेत पठाएका थिए। तर, वास्तविक रूपमा भने कुनै रकम नपठाई झुक्याउने उद्देश्यले यस्तो कार्य गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको सीआईबीका एक अनुसन्धान अधिकृतले जनाएको छ।

प्रहरीका अनुसार, भण्डारीले उल्टै सो रकम लिन “कसिमन तिर्छु” भन्दै रकम ठगी गर्न खोजेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला