2026-10-06 11:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्वार्को ओभरपास सम्पन्न, भोलिदेखि सवारीसाधन चल्ने

काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित ओभरपास भोलिदेखि सवारीसाधनका लागि सञ्चालनमा आउने भएको छ। चक्रपथ अन्तर्गतको ग्वार्को–सातदोबाटो खण्डमा निर्माण गरिएको ओभरपासको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार ओभरपासको निर्माण कार्य सम्पन्न भएसँगै भोलि (असार ६ गते) प्रधानमन्त्री ओलीले उद्घाटन गरी सवारी आवागमनका लागि औपचारिक रूपमा खुला गरिनेछ।

गएको शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसहित सडक विभागको टोलीले स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणपश्चात् ठेकेदार कम्पनीलाई सवारी सञ्चालनको अन्तिम तयारीमा लाग्न निर्देशन दिइएको थियो।

यो परियोजनाको ठेक्का १२ फागुन २०७८ मा सम्झौता भए पनि निर्माण सम्पन्न हुन ४ वर्षभन्दा बढी समय लागेको छ। मुख्य संरचनाको निर्माण सम्पन्न भएपछि ८ जेठदेखि कालोपत्रे कार्य सुरु गरिएको थियो। त्यसपछि लेन सेपरेटर राख्ने, लाइनिङ् गर्ने लगायतका अन्तिम कामहरू सकिएसँगै ओभरपास सवारी सञ्चालनका लागि तयार भएको सडक विभागले जनाएको छ।

ग्वार्को ओभरपास अन्तर्गत २० मिटर स्पानसहित चार लेनको पुल निर्माण गरिएको छ। साथै, ५ सय मिटर लामो अप्रोच सडक निर्माण गरिएको छ, जसमा बालकुमारी र सातदोबाटोतर्फबाट र्यामहरू बनाइएका छन्।

चक्रपथ सडकको बीचका चार लेनलाई पर्खाल लगाई माथि उठाएर ओभरपास बनाइएको हो। यस संरचनामार्फत ग्वार्को चोकको पुलमुनिबाट मंगलबजार–इमाडोलतर्फ जाने सवारीसाधन सहज रूपमा चल्न सक्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो