१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

५ असार २०८२, बिहीबार १५:००

काठमाडौँ । स्वास्थ्य बिमाका लागि प्रथम सेवा विन्दुका रुपमा रहेको पोखरा महानगरपालिका–८ नयाँ बजारस्थित सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको थेगिनसक्नु भीड लाग्ने गरेको छ ।

स्वास्थ्य बिमा गरेका अधिकांश बिरामी उक्त केन्द्रबाट ‘रिफर’ लिएर थप उपचारका लागि पोखराका ठूला अस्पतालमा जाने गरेका छन् । पछिल्लो समय अस्पतालले १५ दिनका लागि मात्र औषधि दिन थालेपछि केन्द्रमा ‘रिफर’ लिन आउने बिरामीको सङ्ख्या झन् बढेको केन्द्रका प्रमुख कुश्मराज सुवेदीले बताउनुभयो ।

“उपचारभन्दा पनि रिफर लिन आउने बढी हुुँदा केन्द्रमा चाप बढेको छ, न्यून पूर्वाधार र जनशक्तिबाट सेवा दिनै कठिन भइरहेको छ”, उहाँले भन्नुभयो, “दैनिक दुई सयभन्दा बढी सेवाग्राही केन्द्रमा आउनुहुन्छ, कुपन लिन बिहान ७ बजेदेखि नै लाम लाग्छ ।” कुपन बन्द नगर्ने हो भने दिनमै साढे तीन सय जति सेवाग्राही केन्द्रमा आउने प्रमुख सुवेदीले बताउनुभयो ।

 

सेवाग्राहीको चापअनुसार केन्द्रमा आठ जना मेडिकल अधिकृतसहितका जनशक्ति चाहिने उहाँको भनाइ छ । अहिले तीन जना मेडिकल अधिकृतले त्यहाँ सेवा दिइरहेका छन् । एकैसाथ सेवाग्राहीको भीड हुँदा व्यवस्थापनमा समेत कठिनाइ उत्पन्न भइरहेको प्रमुख सुवेदीको भनाइ छ ।

“जनशक्ति थपेर दुई सिफ्टमा सेवा दिने हो भने सेवाग्राहीको भीडलाई व्यवस्थापन गर्न सकिन्छ, नभए अहिलेकै अवस्थामा सेवा दिन कठिन भइसकेको छ”, उहाँले भन्नुभयो, “फर्मासिस्ट, कम्युटर अपरेटरलगायत जनशक्तिको अभावले पनि चुनौती थपिएको छ ।”

पूर्वाधार र व्यवस्थापन अभावमा लामो समयदेखि अस्तव्यस्त बनेको उक्त केन्द्रलाई केही व्यवस्थित गर्ने प्रयास गरिए पनि सेवाग्राहीको चापका कारण त्यो प्रयाप्त नभएको प्रमुख सुवेदीले बताउनुभयो । केही महिनायता केन्द्रको आन्तरिक सुधार र सेवा विस्तारका काम गरिएको उहाँको भनाइ छ । पुरानो भवन मर्मतसम्भारसहित आवश्यक संरचना थपेर नयाँ व्यवस्थापनका साथ सेवा दिन सुरु गरिएको उहाँले बताउनुभयो ।

महानगरपालिकाको स्वास्थ्य महाशाखाअन्तर्गत विसं २०७५ पुसमा स्थापना भएको उक्त केन्द्रमा जनशक्ति र उपकरणको अभाव रहँदै आएको थियो । यसअघि प्रयोगशाला र भान्छा एउटै कोठाबाट सञ्चालन हुँदै आएकामा अहिले त्यसलाई छुट्टाछुट्टै कोठाबाट सञ्चालन गरिएको छ ।

महानगरअन्तर्गतका स्वास्थ्य संस्थामध्ये सबैभन्दा बढी बिरामी आउने उक्त केन्द्रलाई सुविधासम्पन्न बनाउन पहल भइरहेको महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । भौतिक पूर्वाधारसहित जनशक्ति र स्रोतको व्यवस्थापन गर्न सकेमा यो केन्द्रलाई पोखरा महानगरपालिकाकै सुविधासम्पन्न स्वास्थ्य संस्था बनाउने सकिने सम्भावना देखिन्छ ।

 

केन्द्रले पछिल्लो समय प्रयोगशाला परीक्षणको रिपोट अनलाइन प्रणालीबाट घरमै हेर्न सकिने सुविधा दिएको छ । बहिरङ्ग सेवा, मनोसामाजिक परामर्शलगायत सेवालाई थप व्यवस्थित बनाउन पहल अगाडि बढाइएको छ । पहिले दमकलको कार्यालय रहेको पुरानो भवनबाट केन्द्र सञ्चालित छ । केही समयअघिसम्म अस्तव्यस्त देखिने उक्त केन्द्रमा गत मङ्सिरदेखि पूर्वाधार व्यवस्थापन र सेवाको गुणस्तर सुधारको काम सुरु गरिएको हो ।

घेरबार नहुँदा केन्द्रको भवन परिसर सवारीसाधन पार्किङ गर्ने, दुव्र्यसनमा फसेका युवा सुत्नेस्थलका रुपमा प्रयोग हुँदै आएकामा अहिले पर्खाल र प्रवेशद्वारा निर्माण गरिएको छ । स्वास्थ्य उपकरण र जनशक्ति थपका लागि महानगर तथा प्रदेश सरकारसँग पहल भइरहेको केन्द्रले जनाएको छ । बिरामीको चापअनुसार केन्द्रमा चिकित्सक र स्वास्थ्यकर्मीको सङ्ख्या अपुग रहेको छ ।

पन्ध्र जनाको दरबन्दी रहेको उक्त केन्द्रमा तीन जना मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मी र प्राविधिक सेवारत छन् । दरबन्दीअनुसार एक जना जनस्वास्थ्य अधिकृत, फर्मासिस्ट र कविराजको अझै पदपूर्ति हुन सकेको छैन । केन्द्रमा सबैभन्दा बढी नसर्ने रोगका बिरामी आउने गरेका छन् ।

बिमासँगै निःशुल्क स्वास्थ्य कार्यक्रम सञ्चालन भइरहेकाले केन्द्रमा सेवा लिन आउने बिरामीको चाप बढी हुने गरेको छ । केन्द्रले बहिरङ्ग सेवा, खोप तथा पोषण सेवा, एकीकृत बालरोग व्यवस्थापन, परिवार नियोजन सेवा, सुरक्षित मातृत्वलगायतका सेवा प्रदान गर्दै आएको छ । केन्द्रमा स्वास्थ्यचौकी तहबाट प्रदान हुने सबै सेवासहित सामान्य सर्जरी, प्रयोगशाला सेवा, सुरक्षित गर्भपतन आदि सेवा उपलब्ध छन् । प्रयोगशालामा हर्मोनलबाहेकका सबै परीक्षण सेवा उपलब्ध रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल