२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलाली कारागारमा कैदीको मृत्यु प्रकरणमा प्रहरी नायब निरीक्षक (सई) पक्राउ

५ असार २०८२, बिहीबार १५:४२

काठमाडौँ । कैलाली कारागारमा एक कैदीको मृत्यु भएपछि नेपाल प्रहरीले प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथलाई पक्राउ गरिएको छ।

डडेल्धुराको भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय हरिस सिंह पालीको मृत्युपछि उठेको प्रश्न र पीडित पक्षको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत सई नाथलाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले पीडित पक्षको किटानी जाहेरीका आधारमा नाथलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्। मृतक पालीसँग सम्बन्धित बैंकिङ्ग कसुर मुद्दाका वादी पनि नाथ नै थिए। सोही मुद्दामा जिल्ला अदालतले २०८० साल फागुनमा पालीलाई १० दिन कैद र दुई लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

पालीकी श्रीमती जानकी साउँदले सई नाथको योजनामा कारागारभित्र कुटपिट गरी श्रीमानको हत्या गरिएको आरोप लगाउँदै कारागार प्रमुख बसन्त बहादुर खत्रीसहित पाँच जनाविरुद्ध जाहेरी दिएकी थिइन्। तर, प्रहरीले जाहेरी पुनः संशोधन गरी ल्याउन भनेपछि बिहीबार भने नाथविरुद्ध मात्र औपचारिक जाहेरी दर्ता गरिएको हो।

प्रहरीले किटानी जाहेरी दर्ता गरेपछि सई नाथलाई नियन्त्रणमा लिएको र पीडित पक्षले शव बुझ्न सहमति जनाएको छ। सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको शवको पोस्टमार्टम प्रक्रिया सम्पन्न भएपछि परिवारलाई बुझाइने प्रहरीले जानकारी दिएको छ।

डडेल्धुराबाट २९ जेठमा पक्राउ परेका पालीलाई ३० गते धनगढी ल्याइएको थियो। ३१ गते शनिबार परेकाले उनलाई अदालतमा १ असारमा मात्र पेश गरिएको थियो। सोही दिन अदालतको आदेशपछि जिल्ला कारागार चलान गरिएको पाली २ गते राति साढे १० बजे बाथरुम नजिकै अचेत अवस्थामा फेला परेका थिए। अस्पताल लगिएको केही समयमै उनको मृत्यु भएको थियो।

मृतकका शरीरमा चोटपटक देखिएको उल्लेख गर्दै परिवारले घटनालाई योजनाबद्ध हत्या भएको आशंका गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४