२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जेनेभामा शुक्रबार आणविक वार्ताका लागि इरानलाई भेट्ने युरोपेली विदेशमन्त्रीहरूको लक्ष्य

२०८२, ५ असार बिहीबार १५:५७
मुख्य युरोपेली शक्तिहरू फ्रान्स, जर्मनी र बेलायतका विदेशमन्त्रीहरू र युरोपेली सङ्घ (इयु) का कूटनीतिज्ञले शुक्रबार जेनेभामा आफ्ना इरानी समकक्षीसँग आणविक वार्ताको लक्ष्य राखेको युरोपेली कूटनीतिज्ञहरूले बताएका छन् ।
योजना गरिएको यो बैठक इरानको आणविक कार्यक्रमविरुद्ध इजरायलको बमबारी अभियानको सामना गर्दै युरोपेली देशहरूले तनाव कम गर्न आह्वान गरेको बेलामा आएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले इरानलाई आक्रमण गर्दा र तेहरानले मिसाइल प्रहारको जवाफ दिँदा इरानका आणविक सुविधाहरूविरुद्ध सैन्य कारबाहीका बारेमा विचार गरिरहेको चेतावनी दिनुभएको छ ।
इजरायलले आफ्नो हवाई अभियानको उद्देश्य इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु रहेको बताएको छ ।
इरानले ६० प्रतिशत युरेनियम संवर्धन गरिरहेको थियो । यो अन्तर्राष्ट्रिय शक्तिहरूसँगको सन् २०१५ को सम्झौताले तय गरेको तीन दशमलव ६७ प्रतिशत सीमाभन्दा धेरै, तर अझै पनि आणविक हतियारको लागि आवश्यक ९० प्रतिशत सीमाभन्दा कम छ ।
फ्रान्स, जर्मनी, बेलायत र इयु सबै सन् २०१५ को सम्झौतामा हस्ताक्षरकर्ता थिए । उक्त सम्झौतालई ट्रम्पले आफ्नो पहिलो कार्यकालमा परित्याग गर्नुभएको थियो ।
इयुका विदेश नीति प्रमुख काजा कालासले इरानले आणविक बम विकास नगर्ने सुनिश्चित गर्न कूटनीति नै सबैभन्दा राम्रो मार्ग रहेको कुरामा जोड दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण