२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार संयोजकलाई पुनः पुरानै जिम्मेवारी

५ असार २०८२, बिहीबार १६:३१

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह आफैंले गरेको निर्णयबाट पछि हटेका छन्। जेठ १ गते प्रमुख शाहले नगर कार्यपालिकाका चार समितिका संयोजकहरूलाई हटाउने निर्णय गरेका थिए। ती निर्णयप्रति वडाध्यक्षहरूले असन्तुष्टि जनिएपछि उनले पूर्ववत् जिम्मेवारी कायम गर्ने निर्णय लिएका हुन्।

सूचना प्रविधि समिति संयोजक नवीन मानन्धर, सुशासन समिति संयोजक ख्यामराज तिवारी, सम्पदा तथा पर्यटन समिति संयोजक आशामान संगत र विधायन समिति संयोजक मचाराजा महर्जनबाट फिर्ता लिएको जिम्मेवारी पुनः फिर्ता दिइएको छ।

शुरूमा उक्त पदहरूमा सूचना प्रविधि समितिमा एमालेबाट निर्वाचित वडाध्यक्ष वीरेन्द्र प्रजापति, सुशासन समितिमा कांग्रेसका वडाध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिमा कांग्रेसकै विनोदकुमार राजभण्डारी र विधायन समितिमा रास्वपाकी रोजिना श्रेष्ठलाई संयोजक तोकिएको थियो।

तर, रास्वपाकी श्रेष्ठबाहेक अन्य तीन वडाध्यक्षहरूले नयाँ जिम्मेवारी लिन अस्वीकार गरेपछि निर्णय फिर्ता लिनुपर्ने दबाब बढेको थियो।

महानगरको कार्यपालिका बैठकसमेत नियमित रूपमा बस्न नसकेको अवस्था र कार्यपालिका तथा नगरसभा सदस्यहरूको निरन्तर दबाबका बीच यो निर्णय फिर्ता गरिएको हो।

यसअघि बालेनले नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ अनुसार समितिहरूमा संयोजक फिर्ता लिई उपनियम (१) बमोजिम नयाँ संयोजकहरू तोकिएको बताएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…