२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सोह्र वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

५ असार २०८२, बिहीबार १६:५४
काठमाडौँ । मलेसियामा आयोजना हुने एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताका लागि आज नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । यही असार ८ देखि २१ गतेसम्म मलेसियामा हुने उक्त प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।
नेपाली टोलीमा कप्तान शर्मासहित उपकप्तान सुर्याशु कोइराला, शिवान्श बजगाईं, रौनक श्रीवास्तव, परिमर्जन यादव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुसिल रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही छन् ।
प्रतियोगितामा नेपालसहित विभिन्न १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान छन् । समूह ‘बी’मा आयोजक मलेसियासहित थाइल्याण्ड, माल्दिभ्स, हङ्कङ र म्यानमार छन् ।
नेपालले यही असार ८ गते सिङ्गापुरसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलका विजेताबीच यही असार २१ गते उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला