काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद तथा प्रतिनिधिसभामा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध बैंकिङ्ग कसुरसम्बन्धी उजुरी हुलाकमार्फत दाङ प्रहरीमा प्राप्त भएको छ।
जिल्ला प्रहरी कार्यालय दाङमा उक्त उजुरी आइपुगे पनि हालसम्म दर्ता भएको छैन।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमल्सिनाका अनुसार हुलाकमार्फत उजुरी प्राप्त भएको हो, तर हालसम्म दर्ता गरिएको छैन। उजुरीका कतिपय विवरणहरू प्रष्ट छैनन्, त्यसैले अहिले अध्ययनकै क्रममा रहेको जनाएका छन्।
पाँच करोड रुपैयाँ भन्दा बढी रकम दाबी गर्दै जाहेरी आए पनि चौधरीविरुद्ध कसले जाहेरी दिएको हो भन्ने प्रहरीले बताएको छैन ।