२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

काठमाडौं — दिल्ली इकोनोमिक क्लास टिकट महँगो: सांसद महासेठको चिन्ता

८ असार २०८२, आईतवार ११:४८

काठमाडौँ । नेकपा एमालेका सांसद रघुवीर महासेठले काठमाडौं–दिल्ली हवाई यात्राको इकोनोमिक क्लासको टिकट मूल्य अत्यधिक भएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजको बैठकमा बोल्दै उनले नेपाली यात्रुहरू दिल्ली जानका लागि ६० हजारदेखि ८० हजार रुपैयाँसम्म तिर्न बाध्य हुनु दुःखद भएको बताए।

उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले टिकट मूल्य नियन्त्रणमा ल्याउने विषयमा आवश्यक पहल गर्नुपर्ने उल्लेख गरे।

बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ बारे सैद्धान्तिक छलफलसमेत भएको थियो। सांसद महासेठले हवाई सेवाको पहुँच र गुणस्तर सुधार गर्नसाथै मूल्यसम्बन्धी विषयमा पनि गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…