काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहद्वारा दिइएको अभिव्यक्तिप्रति नेकपा एमालेले आपत्ति जनाएपछि बैठकमा तीखो बहस देखिएको छ।
बजेटमाथिको छलफलमा सांसद सिंहले शीर्ष नेताको चार जिल्लामा मात्रै बजेट केन्द्रित रहेको बताए । बाँकी जिल्ला नेपाल नै नरहेको जस्तो व्यवहार सरकारले गरेको भनेर सरकारलाइ प्रश्न गरे ।
सिंहको उक्त टिप्पणीप्रति एमालेका मुख्य सचेतक महेश बर्तौलाले आपत्ति जनाउँदै संसद्मै प्रतिक्रिया दिएका थिए। त्यसपछि बैठकमा आरोप–प्रत्यारोप सुरु भएको थियो र वातावरण केही समय तातेको देखिएको थियो।