काठमाडौँ । प्रतिनिधि सभामा जारी अवरोधका बीच सभामुख देवराज घिमिरेले कार्यसूची अघि बढाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू बैठक कक्षबाट बाहिरिएका छन्।
यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले भने संसद्को वेल घेराउ गरी, विरोध जारी राखेका छन्।
भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै राप्रपा र रास्वपा दुबै दलले विगत २६ दिनदेखि संसद्मा निरन्तर विरोध जनाइरहेका छन्।