2026-10-06 11:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नेसपाको पार्टी पुनर्गठन : सचिवालय र केन्द्रीय समिति पुनर्संरचना

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) ले पार्टी पुनर्गठन गरेको छ। आइतबार बसेको केन्द्रीय समिति बैठकले नयाँ सचिवालय गठन गर्नुका साथै केन्द्रीय सदस्यहरू मनोनयन गरेको हो।

बैठकले अध्यक्ष महिन्द्र राय यादवसहित ९ सदस्यीय सचिवालय गठन गरेको छ। सचिवालयमा अध्यक्ष यादवसँगै रमेशप्रसाद यादव, राजु थापा, ढाकाराम गौतम, मीनराज बडु, देवेन्द्र यादव, देवीबहादुर बुढाथोकी लगायत रहेका छन्। बाँकी दुई सदस्य भने आगामी बैठकबाट मनोनीत गरिने जानकारी महासचिव यादवले जनाएका छन्।

यसैगरी, पार्टीले कोशी प्रदेशको इन्चार्जमा कृष्णप्रसाद भट्टराई र युवा तथा आइटी विभागको इन्चार्जमा विजय खड्कालाई जिम्मेवारी दिएको छ।

पार्टी पुनर्गठन अन्तर्गत ११ जना केन्द्रीय सदस्य पनि मनोनीत गरिएका छन्। मनोनीत हुनेमा हितराज जोशी, शर्मिला कार्की, खुमकुमारी बुढा, बडक गडरिया, नारायण भण्डारी, बृन्दा बस्ताकोटी, दिलबहादुर लामा, कुमराज मजाकोटी, बालकृष्ण शर्मा, अप्सरा पौडेल र नवराज देवकोटा छन्।

जेठ १२ गते सहअध्यक्ष गंगानारायण श्रेष्ठ नेतृत्वको समूह नेकपा माओवादी केन्द्रमा फर्किएपछि नेसपाले पार्टी संरचना पुनः सुदृढ गर्ने उद्देश्यले पुनर्गठन प्रक्रिया अघि बढाएको हो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो