काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) ले पार्टी पुनर्गठन गरेको छ। आइतबार बसेको केन्द्रीय समिति बैठकले नयाँ सचिवालय गठन गर्नुका साथै केन्द्रीय सदस्यहरू मनोनयन गरेको हो।
बैठकले अध्यक्ष महिन्द्र राय यादवसहित ९ सदस्यीय सचिवालय गठन गरेको छ। सचिवालयमा अध्यक्ष यादवसँगै रमेशप्रसाद यादव, राजु थापा, ढाकाराम गौतम, मीनराज बडु, देवेन्द्र यादव, देवीबहादुर बुढाथोकी लगायत रहेका छन्। बाँकी दुई सदस्य भने आगामी बैठकबाट मनोनीत गरिने जानकारी महासचिव यादवले जनाएका छन्।
यसैगरी, पार्टीले कोशी प्रदेशको इन्चार्जमा कृष्णप्रसाद भट्टराई र युवा तथा आइटी विभागको इन्चार्जमा विजय खड्कालाई जिम्मेवारी दिएको छ।
पार्टी पुनर्गठन अन्तर्गत ११ जना केन्द्रीय सदस्य पनि मनोनीत गरिएका छन्। मनोनीत हुनेमा हितराज जोशी, शर्मिला कार्की, खुमकुमारी बुढा, बडक गडरिया, नारायण भण्डारी, बृन्दा बस्ताकोटी, दिलबहादुर लामा, कुमराज मजाकोटी, बालकृष्ण शर्मा, अप्सरा पौडेल र नवराज देवकोटा छन्।
जेठ १२ गते सहअध्यक्ष गंगानारायण श्रेष्ठ नेतृत्वको समूह नेकपा माओवादी केन्द्रमा फर्किएपछि नेसपाले पार्टी संरचना पुनः सुदृढ गर्ने उद्देश्यले पुनर्गठन प्रक्रिया अघि बढाएको हो।