2026-06-26 12:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘हुलाक सेवा साधनस्रोत प्रविधियुक्त हुनुपर्छ’

काठमाडौँ ।  लामो इतिहास बोकेको हुलाक सेवालाई समयसापेक्ष एवं साधनस्रोतबाट सम्पन्न तथा उच्चप्रविधियुक्त बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।
हुलाक निर्देशनालय जनकपुरधामद्वारा आज यहाँ आयोजित स्थानीय हुलाकका प्रतिनिधिसँगको अन्तरक्रियाका वक्ताहरूले हुलाक सेवा प्रविधियुक्त नहुँदा सेवाग्राहीबाट अलग हुनुपर्ने अवस्था सिर्जना हुने बताउनुभएको हो ।
बदलिँदो परिस्थितिमा हुलाक सेवा विभागअन्तर्गतका निकायको कार्यलाई भरपर्दो, समयको माग, ग्राहकको चाहना, छिटोछरितो तथा आधुनिक बनाउन नेपाल सरकारले स्पष्ट कानुन बनाउनुपर्ने उहाँहरूको भनाइ छ । सूचना प्रविधिको यस युगमा हुलाकको कार्यमा परिवर्तन नआएकाले शिथिल हुँदै गएकामा उहाँहरूको चिन्ता छ ।
हुलाक सेवा सिथिल हुनुमा विगतमा हुलाकले गर्दै आएका काम अहिले निजी क्षेत्रले लिएको, दक्ष जनशक्ति अभाव रहेको र स्रोतसाधन कमीका कारणले कर्मचारी त्यहाँ बस्न नखोजेकाले समस्या पैदा भएको कारण औँलाइएको छ ।
जिल्ला समन्वय समिति (जिससका) प्रमुख राजनन्दन मण्डलले हुलाकको कामलाई व्यवस्थित तथा जनताको आकर्षण बनाउनका लागि हुलाक सेवा विभागले प्रदेश तथा स्थानीय निकायसँग समन्वय गरेर योजनाबद्ध रूपमा कार्य गर्नुपर्ने बताउनुभयो ।
साधनस्रोतको अभावमा त्यहाँ कर्मचारीहरूले काम गर्न नखोज्ने तथा राजनीतिकको पछाडि गएर सरुवा गराउने परिपाटीले हुलाकको दिगो विकास नहुने उहाँको भनाइ थियो ।
रासस मधेश प्रदेश कार्यालयका प्रमुख सुरेश झाले वर्तमान बदलिँदो परिस्थितिमा अन्य सरकारी कर्मचारीको तुलनामा हुलाकमा सुविधा न्यून रहेकाले विशेष सुविधा दिनुपर्ने तथा हुलाक र स्थानीय तहबीच स्रोतसाधनका लागि समन्वय गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सो अवसरमा हुलाक निर्देशनालय धनुषा, जनकपुरधामका निमित्त निर्देशक लाल झाले अहिले मुलुक सङ्घीय संरचनामा गइसकेपछि ६६७ विभिन्न स्थानीय तहमा हुलाक कार्यालय स्थापना भई सञ्चालनमा रहेको तथा १०५ वटा हुलाकको काउन्टर  स्थापना र चार हजार ६१९ कर्मचारीमार्फत हुलाकको  काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
हुलाक सेवा विभागद्वारा सञ्चालित द्रुत डाँक सेवा नेपालको ४५ जिल्ला तथा  नेपालबाहेक ३९ देशसँगको सहकार्यमा सञ्चालन भइरहेको छ भन्नुभयो । साथै झाले स्थानीय पालिकाहरूमा स्थापना गरिएको स्थानीय हुलाकहरूमा कर्मचारी अभाव, बजेटको कमी तथा पूर्वाधारको समस्या रहेको विषयमा जानकारी दिनुभएको थियो ।
सो कार्यक्रममा निर्देशनालयका सूचना अधिकारी भविष्यकुमार झा, प्रशासन शाखाप्रमुख जीतनारायण यादव, डाँक टिकट शाखा प्रमुख विवेक ढुङ्गाना र एक पालिका एक हुलाकको स्थापना तथा सञ्चालन तथा समस्याबारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ