२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मानव बेचबिखनसम्बन्धी ऐन कार्यान्वनको अवस्थाबारे अध्ययन गरिने

२०८२, १९ असार बिहीबार १२:४६
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिले सङ्गठित अपराधको रूपमा ‘मानव बेचबिखन तथा ओसारपसार(नियन्त्रण) ऐन, २०६४’ को कार्यान्वयन अवस्थाबारे अध्ययन गर्ने भएको छ ।
समितिको आज बसेको बैठकले बेचबिखनको उच्च जोखिममा रहेका तथा बेचबिखन तथा ओसारपसारमा परेका पीडितको न्यायमा पहुँचको सुनिश्चितता गर्ने उद्देश्यले सो कानुनको कार्यान्वनको अवस्थाबारे अध्ययन गरिने समितिका सभापति किरणकुमार शाहले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “समितिको आजको बैठकले सङ्गठित अपराधको रूपमा विश्वभर फैलिएको मानव वेचबिखनबाट प्रभावित व्यक्तिको आत्मसम्मान, स्वतन्त्रता र मौलिक हकको संरक्षण गर्न, स्वदेश तथा विदेशमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी आरोप लागेका व्यक्तिलाई कानुनको दायरामा ल्याउन यो ऐन निर्माण गरिएकाले यसको कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्ने निर्णय गरेको छ ।”
समितिले ऐनको स्थिति, त्यसको असर, प्रभावलगायत विषयका आधारमा ऐन कार्यान्वयनको मापन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल