2026-09-14 01:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

2025-07-03
काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनस्थित प्रवासी नेपाली मञ्चका पदाधिकारी र प्रतिनिधिसँग अन्तरक्रिया गर्नुभएको छ ।
स्पेनको सेभियामा संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्त सम्मेलनसँग सम्बन्धित कार्यक्रम सकिएपछि हाल मेड्रिडमा रहनुभएका प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष ओलीसँग गएराति भेटघाट भएको हो ।
स्पेनका लागि नेपाली राजदूतको निवासमा भएको भेटमा एमाले निकट मञ्चका पदाधिकारीहरूले प्रधानमन्त्री ओलीलाई स्पेनमा स्वागत र सम्मानसहित प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपालमा भइरहेको विकास र समृद्धिको यात्राको सफलताको कामना पनि गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले विदेशमा सिकेको ज्ञान, अनुभव र पुँजीलाई स्वदेशको विकास र समृद्धितर्फ प्रयोग गर्नेक्रम चलिरहेकाले नेपालमा फर्केर उपयुक्त पेसा व्यवसायमा संलग्न हुन आग्रह गर्नुभयो । अध्यक्ष ओलीले मुलुकमा स्थिरता र विकासका लागि दुई ठुला दलको सहकार्यमा वर्तमान सरकार बनेको स्पष्ट गर्दै आफूहरूबीच भएको समझदारीबमोजिम समय आउनु केही साता अघि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले विषम परिस्थितिमा पनि आफूहरुले मुलुकलाई राजनीतिक निकास र स्थायित्व दिँदै आएको विगतलाई स्मरण गर्दै आगामी दिनमा पनि सहज निकास दिइने बताउनुभयो । अहिलेको गठबन्धन र आफ्नो पार्टीभित्र बाहिर चर्चामा आएजस्तो कुनै समस्या र विवाद नभएको पनि उहाँले स्पष्ट पार्नुभयो ।
भेटका क्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवम् एमालेका उपमहासचिव विष्णुप्रसाद रिमाल, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, प्रवासी नेपाली मञ्च, अन्तरराष्ट्रिय कमिटीका सचिव एवं सङ्गठन विभाग प्रमुख हेम शेर्पा, युरोप महादेश कमिटीका संयोजक मुक्तबहादुर गुरुङ, मञ्चका स्पेन अध्यक्ष केदार ढुङ्गाना, मेड्रिड कमिटीका अध्यक्ष शिवराज सिग्देल र पोर्चुगलका अध्यक्ष दीपक क्षेत्रीलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले