2026-08-22 11:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति

काठमाडौँ | लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन अत्याधुनिक भवनको आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निरीक्षण गर्नुभएको छ । उपप्रधान तथा अर्थमन्त्री पौडेलले भवन निर्माणस्थलको अवलोकनसँगै हालसम्म भएका प्रगतिविवरणबारे जानकारी लिनुभयो ।

पूर्वाधार विकास प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख कार्यकारी अधिकृत इञ्जिनियर छविराज पोखरेलले निर्माणाधीन अस्पताल भवन निर्माणकाबारेमा जानकारी दिँदै निर्धारित समयभन्दा एक वर्षअघि नै योजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँका अनुसार देशकै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधासहितको बुटवलस्थित प्रादेशिक सरकारी अस्पतालको भवन निर्माण कार्य २६ प्रतिशतभन्दा बढी प्रगति भएको छ ।

सो अवसरमा अर्थमन्त्री पौडेलले प्रतिबद्धताअनुसार गुणस्तरमा सम्झौता नगरिकन समयमै भवन निर्माण गर्न निर्देशन दिनुभयो ।

प्रमुख कार्यकारी अधिकृत पोखरेलले भवनको बेसमेन्ट तयारी र क्यान्सर भवनको ढलान कार्य सम्पन्न भइसकेको, अस्पतालको मुख्य भवनको दायाँबायाँ र बीच भागमा बेसमेन्टको काम सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

यसैगरी, प्राधिकरणका साइट इञ्चार्ज शङ्कर सुवेदीले दोस्रो बेसमेन्ट र बायाँतर्फको पहिलो बेसमेन्टको ढलान सकिएको तथा क्यान्सर उपचार भवनको ¥याफ्ट फाउन्डेसनको ढलानसमेत पूरा भइसकेको बताउनुभयो ।

अस्पतालको स्थलगत निरीक्षणमा उपप्रधानमन्त्री पौडेलका साथ लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरी, पूर्वस्वास्थ्यमन्त्री तथा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, नेकपा एमाले पोलिटब्युरो सदस्य दधीराम न्यौपाने, एमाले लुम्बिनी प्रदेश सदस्य गोपाल रानालगायत सहभागी हुनुहुन्थ्यो ।

लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा रहेको सो अस्पताल भवन निर्माणका लागि दुई भवन, उपकरण र आन्तरिक व्यवस्थापनसहित लागि रु आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ को लागत ‘इष्टिमेट’ रहेको छ ।

भवन निर्माणको जिम्मावारी भारतीय कम्पनी क्याम्पासाइट र नेपाली कम्पनी आशिष कन्स्ट्रक्सन र रेलिगेर सम्मिलित संयुक्त संस्थाले पाएको छ । अस्पताल भवन निर्माण प्रक्रियाअन्तर्गत २०८० पुस २६ गते सम्झौता भई माघ १८ गतेदेखि निर्माण कार्य सुरु भएको हो ।

प्राधिकरणका साइट इञ्जिनियर सुवेदीले पाँच वर्षको म्याद अर्थात् २०८५ पुस २५ गतेभित्र रु छ अर्ब १८ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिनुभयो ।

उक्त प्रादेशिक अस्पताल भवन १२ तलाको हुनेछ । तल्लो दुई तलामा व्यवस्थित पार्किङ, अगाडि भागमा अन्तरङ्ग सेवा (ओपिडी), आपत्कालीन सेवा (इमर्जेन्सी) र माथिल्ला तलामा एक हजार २०० शय्यासहितको सुविधासम्पन्न उपचार कक्ष रहने प्राविधिक नापनक्साबमोजिम भवन निर्माणको काम तीव्रगतिमा भइरहेको इञ्जिनियर पोखरेलले सो अवसरमा जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो