२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बागमती प्रदेश

भोटेकोसीको बाढीमा ९ जना नेपालीलाई बग्दा,बर्दियाका ५ जना

२४ असार २०८२, मंगलवार १२:२८

रसुवामा मंगलबार बिहान भोटेकोसीको बाढीमा बेपत्ता ९ नेपालीमध्ये ५ जना एकै जिल्ला बर्दियाका परेका छन्। सशस्त्र प्रहरी बलले उपलब्ध गराएको बेपत्ताहरूको सूचीमा बर्दिया जिल्ला ठेगानामा भएका ५ जना छन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीले भन्सार यार्डमा काम गर्नेमध्ये ९ जना नेपालीलाई बगाएको हो।

जसमा बर्दिया ठेगाना भएका ३६ वर्षीय जिपन चौधरी, ३५ वर्षीय सन्तोष दइत, २५ वर्षीय बुद्धिराम राम थारु, २४ वर्षीय लक्ष्मीनारायण थारु र ३० वर्षीय सुरेश थारु छन्।

बाँकी ४ नेपालीमा बागलुङ घर भएका, वर्ष नखुलेका नरेन्द्र विक, सिन्धुपाल्चोक घर भएका कन्टेनर डिब्बा चालक, वर्ष नखुलेका फुर्वा लामा, ठेगाना र वर्ष नखुलेका मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ छन्।

बाढीमा उनीहरूसँगै ६ चिनियाँ पुरुष पनि बाढीमा बगेका छन्। प्रहरीका अनुसार भोटेकोसीको बाढीपछि चिनियाँ नागरिकहरू यु युए, ली हुक्वाइङ, याङ चुआन, यु हाइ हाङ, यु छिआओ कुई र जोउ योङ बेपत्ता छन्।

यसैगरी उद्धारमा खटिका तीन प्रहरीलाई पनि बाढीले बगाएको छ।

रसुवा जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीमा प्रहरी चौकी हाकु रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत, रामेछाप लिखु तामाकोसी गाउँपालिका-४ ठेगानाका ४२ वर्षीय प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, पर्सा जिल्ला प्रहरी कार्यालय दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत, बाराको फेटा गाउँपालिका-१ ठेगानाका २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर र प्रहरी चौकी लाङटाङ रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत, बझाङको बुंगल नगरपालिका-९ ठेगानाका २३ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा बाढीमा बेपत्ता भएका हुन्।

सबै गरेर अहिलेसम्म बाढीमा १८ जना बेपत्ता भएको विवरण प्राप्त भएको छ। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ