१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भैँसीमा नश्ल सुधार गर्न मुर्राको कृत्रिम गर्भाधान सुरु

२४ असार २०८२, मंगलवार १३:४५
काठमाडौं ।  राष्ट्रिय पशु प्रजनन् कार्यालय लहानले भैँसीमा नश्ल सुधार गर्ने उद्देश्यले कृत्रिम गर्भाधान गराउन मुर्रा राँगाको वीर्य उत्पादन र वितरण गर्न थालेको छ । कार्यालयकाअनुसार विसं २०८० मङ्सिरमा ल्याइएका राँगाबाट २०८१ सालको जेठदेखि वीर्य उत्पादन सुरु भएको थियो ।
हालसम्म १० हजारभन्दा बढी डोज उत्पादन गरी करिब ५०० डोज किसानसम्म वितरण गरिसकिएको कार्यालय प्रमुख शिवनाथ महतोले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भारतबाट ल्याइएका मुर्रा जातका पाँच राँगाबाट २०८१ सालको जेठ/असारदेखि वीर्य उत्पादन सुरु गरिएको हो । हाल १० हजारभन्दा बढी डोज उत्पादन भइसकेको छ र करिब ५०० डोज किसानलाई वितरण गरिएको छ । कोशी र मधेस प्रदेशका अधिकांश जिल्लामा यसको माग उच्च छ ।”
उहाँले थप जानकारी दिँदै भन्नुभयो, “वीर्य तरल नाइट्रोजनमा सुरक्षित राखी दक्ष जनशक्ति रहेका सरकारी तथा गैरसरकारी पशु सेवा केन्द्रमार्फत वितरण गरिन्छ । हाल यस कार्यालय अन्तर्गतका २३ जिल्लाका २४० स्थानीय तहमा २९० केन्द्र सक्रिय छन् र ८६० तालिमप्राप्त प्राविधिक संलग्न छन् ।”
कार्यालय प्रमुख महतोका अनुसार, मुर्रा राँगाको वीर्यको माग कोशी प्रदेशका सुनसरी र उदयपुर तथा मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लामा अत्यधिक छ । यस्ता मागलाई सम्बोधन गर्न कार्यालयले कोशी, मधेस र बाग्मती प्रदेशको सिन्धुलीसहित २३ जिल्लामा सेवा विस्तार गरेको छ ।
भारतबाट ल्याइएका पाँच मुर्रा राँगाबाट हप्तामा दुई पटक वीर्य निकालिन्छ । गिर र साहिवाल प्रजातिका गाईको प्रजनन पनि सोही कार्यालयमार्फत हुँदै आएको छ । धार्मिक मान्यताअनुसार जुरो भएको गाईको दूधको बढी माग रहेकोले ती प्रजातिको वीर्यको पनि माग उच्च छ ।
पशुपालन सुधारका लागि भारत सरकारले नेपाललाई विसं २०८० जेठमा १५ वटा उन्नत जातका मुर्रा राँगा अनुदानमा दिने घोषणा गरेको थियो । तीमध्ये पाँचवटा लहान, सातवटा पोखरा र तीनवटा नेपालगञ्जस्थित राष्ट्रिय पशु प्रजनन् केन्द्रमा राखिएको थियो ।
सरकारले रैथाने भैंसी प्रजातिको नश्ल सुधार गर्न भारतबाट मुर्रा राँगा भित्र्याउने पहल गरेको हो । जसले दुध उत्पादनमा वृद्धि हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल