२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भैँसीमा नश्ल सुधार गर्न मुर्राको कृत्रिम गर्भाधान सुरु

२०८२, २४ असार मंगलवार १३:४५
काठमाडौं ।  राष्ट्रिय पशु प्रजनन् कार्यालय लहानले भैँसीमा नश्ल सुधार गर्ने उद्देश्यले कृत्रिम गर्भाधान गराउन मुर्रा राँगाको वीर्य उत्पादन र वितरण गर्न थालेको छ । कार्यालयकाअनुसार विसं २०८० मङ्सिरमा ल्याइएका राँगाबाट २०८१ सालको जेठदेखि वीर्य उत्पादन सुरु भएको थियो ।
हालसम्म १० हजारभन्दा बढी डोज उत्पादन गरी करिब ५०० डोज किसानसम्म वितरण गरिसकिएको कार्यालय प्रमुख शिवनाथ महतोले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भारतबाट ल्याइएका मुर्रा जातका पाँच राँगाबाट २०८१ सालको जेठ/असारदेखि वीर्य उत्पादन सुरु गरिएको हो । हाल १० हजारभन्दा बढी डोज उत्पादन भइसकेको छ र करिब ५०० डोज किसानलाई वितरण गरिएको छ । कोशी र मधेस प्रदेशका अधिकांश जिल्लामा यसको माग उच्च छ ।”
उहाँले थप जानकारी दिँदै भन्नुभयो, “वीर्य तरल नाइट्रोजनमा सुरक्षित राखी दक्ष जनशक्ति रहेका सरकारी तथा गैरसरकारी पशु सेवा केन्द्रमार्फत वितरण गरिन्छ । हाल यस कार्यालय अन्तर्गतका २३ जिल्लाका २४० स्थानीय तहमा २९० केन्द्र सक्रिय छन् र ८६० तालिमप्राप्त प्राविधिक संलग्न छन् ।”
कार्यालय प्रमुख महतोका अनुसार, मुर्रा राँगाको वीर्यको माग कोशी प्रदेशका सुनसरी र उदयपुर तथा मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लामा अत्यधिक छ । यस्ता मागलाई सम्बोधन गर्न कार्यालयले कोशी, मधेस र बाग्मती प्रदेशको सिन्धुलीसहित २३ जिल्लामा सेवा विस्तार गरेको छ ।
भारतबाट ल्याइएका पाँच मुर्रा राँगाबाट हप्तामा दुई पटक वीर्य निकालिन्छ । गिर र साहिवाल प्रजातिका गाईको प्रजनन पनि सोही कार्यालयमार्फत हुँदै आएको छ । धार्मिक मान्यताअनुसार जुरो भएको गाईको दूधको बढी माग रहेकोले ती प्रजातिको वीर्यको पनि माग उच्च छ ।
पशुपालन सुधारका लागि भारत सरकारले नेपाललाई विसं २०८० जेठमा १५ वटा उन्नत जातका मुर्रा राँगा अनुदानमा दिने घोषणा गरेको थियो । तीमध्ये पाँचवटा लहान, सातवटा पोखरा र तीनवटा नेपालगञ्जस्थित राष्ट्रिय पशु प्रजनन् केन्द्रमा राखिएको थियो ।
सरकारले रैथाने भैंसी प्रजातिको नश्ल सुधार गर्न भारतबाट मुर्रा राँगा भित्र्याउने पहल गरेको हो । जसले दुध उत्पादनमा वृद्धि हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ