Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

करेन्ट लागेर १३ वर्षीया बालिकाको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | कपिलवस्तुमा करेन्ट लागेर १३ वर्षीया बालिकाको मृत्यु भएको छ । ​शुद्धोधन गाउँपालिका-१ छपिया बस्ने मोबिन शेखकी छोरी १३ वर्षीया हसिना खातुनको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको हो ।

पङ्खा जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको अलषेक अस्पताल लबनीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।