2026-10-05 06:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनुमानका भरमा सरकारबारे टीकाटिप्पणी नगर्न गृहमन्त्रीको आग्रह

2025-07-09
काठमाडौं ।  प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले अनुमान र कल्पनाको भरमा सरकारबारे टीकाटिप्पणी नगर्न सबैलाई आग्रह गर्नुभएको छ । बैठकमा सांसदहरूले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले पर्याप्त जानकारीबिना सरकारका बारेमा टीकाटिप्पणी गर्न नहुनेमा जोड दिनुभयो ।
गृहमन्त्रीले भन्नुभयो, “सम्माननीय प्रधानमन्त्रीको विदेश भ्रमण हुँदा उहाँसँगै प्रतिनिधिमण्डलमा जाने व्यक्तिका बारेमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै जान्छन्, प्रधानमन्त्रीसँगै भ्रमणमा जानुभएकामध्ये कोको फर्केर आउनुभएन उहाँहरूको नाम सार्वजनिक गरिदिनुभयो भने सरकारलाई सजिलो हुने थियो, त्यसकारण प्रधानमन्त्रीको स्पेन भ्रमणका बारेका गलत प्रचार भएको छ ।”
उहाँले कुनै पनि विषयमा संसद् वा संसद् बाहिर प्रश्न उठाउँदै गर्दा त्यसबारे पर्याप्त जानकारी लिएर मात्रै उठान गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “निलम्बित सांसद रवि लामिछानेले कुनै समय अमेरिका भिजिट भिसामा जानुभएको थियो रे भन्ने सुनेको छु, भिजिट भिसामा जाने भनेको भिजिटर नै हो, मलाई जानकारी होस्, उहाँ भिजिट भिसामा जानुभएको हो कि होइन ?”
मन्त्री लेखकले सरकारले पूर्वसांसद, पूर्वमन्त्री र सुरक्षा पाउनुपर्ने/नपाउनुपर्ने सबैलाई सुरक्षा दिएर सुरक्षाको दुरुपयोग भएको भन्ने प्रचारमा कुनै सत्यता नभएको प्रष्ट पार्नुभयो ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै