२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टी–२० विश्वकप छनोटमा नेपाल कुन कुन टिम सँग भिड्दै छ ?- खेलतालिका सार्वजनिक,नेपाल समूह २ मा

२६ असार २०८२, बिहीबार १४:३८

काठमाडौँ । आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ मा परेको छ। नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ।

यो प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मैदानमा हुनेछ। यस प्रतियोगितामा एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट छनोट भएका ९ टोली सहभागी छन्। सहभागी टोलीहरू तीन–तीनको समूहमा विभाजित छन्।

समूह १ मा युएई, मलेसिया र कतार छन्। समूह २ मा नेपाल, कुवेत र जापान छन् भने समूह ३ मा आयोजक ओमान, पपुवा न्यूगिनी र सामोआ रहेका छन्। नेपालले समूह चरणको पहिलो खेल अक्टोबर ८ मा कुवेतविरुद्ध खेल्नेछ। दोस्रो खेल भने अक्टोबर १० मा जापानविरुद्ध हुनेछ।

समूह चरणपछि प्रत्येक समूहका शीर्ष दुई टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्। सुपर सिक्स चरण अक्टोबर १२ देखि १७ सम्म हुनेछ।

समूह चरणको पूरा खेल तालिका यसप्रकार छ:

अक्टोबर ८ – ओमान भर्सेस् सामोआ
अक्टोबर ८ – युएई भर्सेस् कतार
अक्टोबर ८ – नेपाल भर्सेस् कुवेत

अक्टोबर ९ – मलेसिया भर्सेस् कतार
अक्टोबर ९ – कुवेत भर्सेस् जापान
अक्टोबर ९ – पपुवा न्यूगिनी भर्सेस् सामोआ

अक्टोबर १० – युएई भर्सेस् मलेसिया
अक्टोबर १० – नेपाल भर्सेस् जापान
अक्टोबर १० – ओमान भर्सेस् पपुवा न्यूगिनी

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला