2026-08-23 10:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

नमस्ते चोकदेखि मेयर चोकसम्म रात्रीकालीन वजार

2025-07-10
काठमाडौं ।  भरतपुर महानगरपालिकामा उत्पादन भएका सामग्रीहरुको प्रवर्द्धनका लागि रात्रीकालीन बजार सुरु गर्न लागिएको छ । भरतपुर महानगरपालिका–२ को नमस्ते चोकदेखि मेयर चोकसम्म बजार प्रवर्द्धनका लागि रात्रीकालीन बजार सुरु गर्न लागिएको हो ।
स्थानीय उत्पादन तथा व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्य सहित रात्रीकालीन बजार सुरु गर्न लागिएको वडा नम्बर २ का वडाध्यक्ष मनोज रानाभाटले बताउनुभयो । हरेक शुक्रबार साँझ ६ बजेदेखि १० बजेसम्म बजार सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष रानाभाटका अनुसार स्थानीय तथा प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्दै अर्थतन्त्रलाई चलायमान बनाउनका लागि बजार सञ्चालन गर्ने तयारी गरिएको हो । यही असार २७ गते शुक्रबारबाट बजार सञ्चालनमा ल्याउन लागिएको उहाँले बताउनुभयो । बजारमा वडा बासीलाई प्रदर्शनी कक्षहरु निःशुल्क प्रदान गरिने छ भने महानगर बासीलाई सामान्य शुल्क लिएर स्टल प्रदान गर्न लागिएको हो ।
उहाँले भन्नुभयो, “आफ्नै घरमा उत्पादन भएका प्राङ्गारिक बस्तु तथा अन्य उत्पादित बस्तुले सहजै बजार पाओस भन्ने उद्देश्यले बजार सुरु गर्न लागिएको हो ।”यसले स्वरोजगारलाई प्रवर्द्धन गर्न सहज हुने विश्वास लिइएको छ ।
रात्रीकालीन बजारमा स्थानीय तरकारी, फलफूल, घरमै बनाएको अचार, हस्तकला, रेष्टुरेण्ट, कपडा लगायतका प्रदर्शनीकक्षहरु रहनेछन । रात्रीकालीन बजार क्षेत्रभित्र सडकमा कुनै सवारी साधन चलाउन नपाइने र सडकपेटीमा कक्षहरु राखिने व्यवस्था मिलाईएको छ ।
पहिलो शुक्रबार ६० भन्दा बढि कक्षहरु रहने छन् । उक्त बजारमा स्वच्छ खानेपानी, शौचालयको सुविधा, पार्किङ्ग लगायत २४ सै घण्टा सिसिटीभीले निगरानी गरिने छ । उपभोक्ताले गुणस्तरीय तथा सहुलियत रुपमा सामान खरिद गर्न पाउने अध्यक्ष रानाभाटले वताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो