2026-10-05 02:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिभुवन विमानस्थलमा माला, खादा र पहिचानको टोपी प्रयोगमा निषेध,उल्लङ्घन गरे कारबाहीको चेतावनी

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले अध्यागमन क्षेत्रमा खादा, माला वा अन्य सजावटी वस्तुहरूको प्रयोगमा प्रतिबन्ध लगाएको छ। अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक क्षेत्र भएको भन्दै कार्यालयले यस्ता वस्तुहरूको प्रयोगमा प्रतिबन्ध लगाएको हो।

अध्यागमन क्षेत्रभित्रको सुरक्षा, व्यवस्थापन र सहज एवं सञ्चालनका लागि नेपालबाट प्रस्थान गर्ने सबै यात्रु, ट्राभेल एजेन्सी तथा म्यानपावर कम्पनीहरूलाई यो निर्देशन लागू हुने कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार अध्यागमन क्षेत्र वा डेस्क वा काउन्टरमा रहँदा वा अध्यागमन प्रक्रियामा सहभागी हुँदा कुनै प्रकारको खादा, माला वा अन्य सजावटी वस्तुहरू प्रयोग गर्न पाइने छैन।

यी वस्तुहरूको प्रयोगका कारण अध्यागमन प्रशासनको कार्यमा जोखिम एवं ढिलाइ गराउसक्ने भएकाले यस्ता वस्तुहरूको प्रयोग निषेध गरिएको कार्यालयको भनाइ छ।

त्यस्तै कुने खास वा विशेष संकेत झल्किने पहिरन वा पहिचान झल्कने टोपी वा अन्य वस्तुहरूको प्रयोगमा पनि निषेध लगाइएको छ।

‘कुनै विशेष समूह, संगठन वा ट्राभल एजेन्सी/म्यान पावर कम्पनीको परिचय वा आवद्धता झल्काउने किसिमका पहिरन, टोपी, ब्याज वा अन्य कुनै पनि पहिचानजन्य वस्तुहरू अध्यागमन क्षेत्रभित्र प्रयोग गर्न पाइने छैन। यसले कुनै पनि यात्रुलाई विशेष व्यवहार गरिएको भान पर्न सक्ने वा सुरक्षा संवेदनशीलतामा प्रश्न उठ्न सक्ने भएकाले सबैलाई समान व्यवहार सुनिश्चित गर्ने प्रयोजनार्थ यो नियम लागू गरिएको हो,’ कार्यालयले जारी गरेको सूचनामा भनिएको छ।

जारी भएको सूचनाको उल्लंघन भएको पाइएमा कानुनबमोजिम कारबाही हुने कार्यालयले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन