2026-10-05 11:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै

2025-07-18
काठमाडौँ | अन्तरजातीय प्रेमजोडी तथा दम्पतीले समाजमा भोग्नुपरेको सङ्घर्षको कथामा आधारित चलचित्र ‘जदौ’ निर्माण हुने भएको छ ।
सो चलचित्रका निर्देशक काजी लिम्बूले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अन्धविश्वास र कुरीतिबीच नेपाली समाजमा देखिने घटनाक्रम र विषयवस्तुलाई समेटेर मनोरञ्जनात्मक शैलीमा ‘जदौ’ निर्माण गर्न लागेको स्पष्ट गर्नुभयो ।
उहाँले भन्नुभयो, “यस चलचित्रमा हामीले अन्तरजातीय जोडीको प्रेम र दाम्पत्य जीवनको सङ्घर्षलाई देखाउने छौँ । तपाईं–हामीले समाजमा देख्ने घटनाक्रमलाई नै पटकथामा तयार गरेका छौँ । चलचित्रले विभेद गर्नुहुँदैन भन्ने सन्देश दिन्छ, तर प्रस्तुतीकरण पूर्ण रुपमा मनोरञ्जनात्मक नै हुन्छ ।”
उहाँसँगै यस चलचित्रलाई अञ्जन शर्माले संयुक्त रुपमा निर्देशन गर्नुहुनेछ । उक्त चलचित्रमा अभिनेता मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने, सन्ध्या श्रेष्ठ, ऋचा शर्मा, अनिल सुब्बालगायतका कलाकारले अभिनय गर्नुहुनेछ ।
अभिनेता भुसालले चलचित्रको विषयवस्तुले आफूलाई आकर्षण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी कलाकारले फरक चलचित्रसँगै विषय र पात्रको भिन्नता खोज्ने गर्छौं । यस चलचित्रमा मैले फरक मात्र नभई चुनौतीपूर्ण भूमिका पाएको छु । त्यसकारण म चलचित्रमा जोडिएको हुँ ।”
आगामी भदौको पहिलो सातादेखि पश्चिम नेपालस्थित दाङ र प्यूठान जिल्लाका रमणीयस्थलमा छायाङ्कन गरिने चलचित्रमा चिरञ्जीवी भण्डारीले कला निर्देशन, मिलन श्रेष्ठले द्वन्द्व निर्देशन, बाबुल गिरी र सरोज पोखरेलले सङ्गीत सिर्जना र श्याम तामाङले छायाङ्कन गर्नुहुनेछ ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर