2026-10-05 11:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्ण थापालाई ओलीको चेतावनी – ‘कारबाहीको कुरा भोलि थाहा हुन्छ’

काठमाडौँ । एमालेभित्र पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रियता पछि पार्टीमा नयाँ ध्रुवीकरण देखिन थालेको छ। पार्टीले हालैको सचिवालय बैठकमा विधान संशोधन गरी १५ पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी, साथै ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउने प्रस्ताव अघि सारेको छ।

यद्यपि बैठकमा ईश्वर पोखरेल र युवराज ज्ञवालीले विरोध जनाए पनि उपाध्यक्ष विष्णु पौडेलले सर्वसम्मत पारित भएको दाबी गरे। विधानको छपाइसम्बन्धी प्रश्न उठाउने कर्ण थापालाई अध्यक्ष ओलीले कारबाहीको चेतावनी दिए।

पूर्वराष्ट्रपति भण्डारीको पक्षबाट अपेक्षित नेताहरू जस्तै शेरधन राई, काशीनाथ अधिकारी, राजन भट्टराई आदि बैठकमा मौन रहे वा ओली पक्षमा देखिए। गोकुल बाँस्कोटाजस्ता नेताहरूले मिलेर जानुपर्ने धारणा व्यक्त गरेका छन्।

अघिसम्म भण्डारीपक्षीय देखिएका पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई अहिले खुला रूपमा ओलीको पक्षमा छन्। अष्टलक्ष्मी शाक्य र गोकर्ण विष्ट भने तटस्थ छन्। ईश्वर पोखरेलको पक्षमा देखिने राजेन्द्र गौतमसमेत ओली पक्षमा खुलेका छन्।

एमालेभित्र अहिलेको विवाद विद्या भण्डारी बनाम केपी ओलीको प्रतिस्पर्धा झल्काउँछ, तर बहुसंख्यक नेता ओलीको पक्षमा उभिएका छन्। भण्डारीको पक्ष कमजोर देखिएको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने