2026-10-20 04:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारतलाई खतराको घन्टी,ब्रह्मपुत्रमा चीनको एक्लौटी आयोजनाले तर्सिदै भारत

काठमाडौँ | चीनले जैविक विविधता र भारतसँगको सम्बन्धमा पर्न सक्ने क्षतिको चिन्तालाई थाती राख्दै आर्थिक प्रोत्साहन र स्वच्छ ऊर्जा प्रदान गर्ने भन्दै तिब्बतमा १.२ ट्रिलियन युआन (१६७ अर्ब डलर)को मेगा–ड्याम अगाडि बढाएको छ ।

चिनियाँ प्रधानमन्त्री ली कियाङले शनिबार यार्लुङ साङ्पो नदी (भारतमा यसलाई ब्रह्नपुत्र भनिन्छ)मा जलविद्युत् आयोजनाको निर्माण सुरु गराएका छन् । चाइना याजियाङ ग्रुप नामक नयाँ कम्पनी स्थापना गरिएको छ । त्यसले ड्यामको विकास व्यवस्थापन गर्ने सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।

आयोजनाको लागत सन् २००९ मा निर्माण पूरा भएको थ्री गर्जेज ड्यामको ३७ अर्ब डलरभन्दा चार गुणा बढी भएको ब्लुम्बर्गले जनाएको छ । यसले निर्माण, सिमेन्ट र स्टील क्षेत्रमा आर्थिक हलचल ल्याउने र सन् २०६० सम्म शुद्ध शून्य उत्सर्जनको लक्ष्यमा सहयोग गर्ने स्वच्छ ऊर्जाको स्रोत प्रदान गर्ने जनाइएको छ ।

यो आयोजनाको शुभारम्भपछि चाइना पावर कन्स्ट्रक्सन र चाइना इनर्जी इन्जिनियरिङका सेयर क्रमशः १० र ५१ प्रतिशतसम्म बढेको छ । यसबाहेक सिमेन्ट र स्टील कमोडिटी फ्युचर्स पनि बढेको छ ।

तर, यो आयोजनाले जोखिम बोकेको जनाइएको छ । ड्यामले चीन र भारतबीच तनाव निम्त्याउन सक्छ । किनभने, यार्लुङ साङ्पो (ब्रह्मपुत्र) नदी भारतको अरुणाचल प्रदेश हुँदै बग्छ र बंगलादेश पुग्छ ।

पर्यावरणविद्ले ५० किलोमिटरको लम्बाइमा नदीको दुई हजार मिटर उचाइ घट्ने भएका कारण त्यो क्षेत्रको जैविक विविधतामा अपूरणीय क्षति र प्रभाव पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

दुर्गम स्थानमा सामग्री र कामदार पुर्‍याउन र बिजुली वितरण गर्न पावर लाइन जोड्न पनि चुनौतीपूर्ण छ ।

बेइजिङले तल्लो तटमा कुनै प्रतिकूल प्रभाव नपर्ने र सुरक्षा तथा पर्यावरण संरक्षणका उपाय लागु गर्ने वाचा गरेको छ ।

आयोजना तिब्बत स्वायत्त क्षेत्रको दक्षिणपूर्वमा रहेको न्यिङ्ची सहर वरपर पाँच क्यासकेड ड्यामहरू समावेश हुने सिन्ह्वाले जनाएको छ ।

इन्जिनियरले नदीको केही मोडहरू सिधा गर्ने र पानीलाई सुरुङमार्गबाट डाइभर्टको उपाय खोज्ने बताएका छन् । सरकारी इन्जिनियरले उक्त खोचमा ७० गिगावाट बिजुली उत्पादन गर्ने सम्भावना रहेको बताएका छन् ।

यो विश्वको सबैभन्दा ठूलो जलविद्युत् आयोजना थ्री गर्जेजको तुलनामा तेब्बरभन्दा बढी र पोल्यान्डको कुल विद्युत् क्षमताभन्दा पनि धेरै रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ