2026-10-05 10:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचकमा ८१ अङ्कको वृद्धि ,कारोबार रकम २० अर्ब नाघ्यो

काठमाडौँ | नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको वृद्धिले निरन्तरता पाएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज परिसूचकमा ८०.९७ अङ्कको उत्साहजनक वृद्धि भएको हो । योसँगै बजार २९७३.७३ को विन्दुमा पुगेको छ। यो २.७९ प्रतिशतको वृद्धि हो।

आज बजारमा कारोबार रकम २० अर्ब नाघेको छ । दिनभरमा कुल २० अर्ब ८ करोड ५३ लाख ६७ हजार २९३ को कारोबार भएको छ। दिनभरमा ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर १ लाख ७७ हजार १०१ पटक खरिदबिक्री भएको थियो।

कुल कारोबारमा आएका ३१९ क्रिपका २५० कम्पनीमध्ये २३६ कम्पनीको शेयर मूल्य बढेको छ । जम्मा १४ कम्पनीको मूल्यमा गिरावट आएको छ। कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेन।

आज बजारमा सबै समूहका सूचक सकारात्मक हुँदा होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन तथा लघुवित्त समूह चार प्रतिशत भन्दा धेरैले बढेको छ । आज सबैभन्दा धेरै कमाउने कम्पनीहरूमा ट्रेड टावर लिमिटेड, शिवम् सिमेन्ट्स र सान्भी इनर्जी अग्रस्थानमा रहे। ट्रेड टावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ । शिवम् र सान्भीको मूल्यमा क्रमशः ९.९९ प्रतिशतको सकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो । उक्त कम्पनीको ७१ करोड ८८ लाखको कारोबार भयो। त्यस्तै शिवम् सिमेन्ट्सको ६८ करोड ८३ लाख र हिमालयन रिइन्स्योरेन्सको ५६ करोड १ लाखभन्दा बढीको कारोबार भयो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर