2026-09-13 07:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीलाई लाग्छ‘पार्टीभित्र आफूबाहेक अरु कोही जान्ने सुन्नै छैन भन्ने भ्रममा छन् : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ | पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूबाहेक अरु केटाकेटी हुन् भन्ने गरेको प्रतिक्रिया दिएकी छिन् । मंगलबार दिउँसो भंगालस्थित आफ्नै निवासमा केही पत्रकाहरूसँग कुरा गर्दै उनले ४ साउनको च्यासल बैठकका विषयसमेत उप्काएर प्रतिक्रिया दिएकी हुन् ।

उनले पार्टीको विधानले व्यवस्था गरेको दुई कार्यकाल र ७० वर्षे उमेर हदबारे ओली नेतृत्वमा पुगेपछि आफ्नै विचार बिर्सेको र अरुले पार्टी चलाउन सक्दैनन् भन्ने भान परेको बताइन् । ‘पार्टीभित्र आफूबाहेक अरु कोही जान्ने सुन्नै छैन भन्ने भ्रम उहाँलाई परेको छ,’ भण्डारीले भनिन् ।

उनले आफू पार्टीमा फर्किने र सक्रिय रूपमा राजनीतिमा आउने भन्नेबारे यसअघि नै पटक–पटक अध्यक्ष ओलीसँग कुरा भए पनि अहिले आएर उहाँले दिएका प्रतिक्रियाप्रति अचम्म लागेको बताइन् । उनले १४ असारमा पनि राष्ट्रिय सभागृहमा पार्टी सदस्यता नवीकरणबारे सार्वजनिक रूपमा बोल्दै सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्नेबारे भन्दै छु भन्नेसमेत जानकारी गराएको बताइन् ।

‘त्यो बेला उहाँले हुन्न भन्नु भएन । नकारात्मक कुरा गर्नु भएन । ठीकै छ भन्नुभएको हो,’ उनले भनिन् । उनले भेटमा पार्टीको भावी नेतृत्वका बारेमा समेत कुरा हुने गरेको सुनाइन् । भण्डारीले आफू चीन भ्रमणमा जाँदा र आएपछि पनि बालुवाटार गएर अध्यक्ष ओलीसँग हार्दिक रूपमा संवाद भएको समेत बताइन् ।

यसका साथै उनले राष्ट्रपतिको कार्यकाल सकिएको ३ महिनाभित्रै पार्टी सदस्यता नवीकरण गरेको र यसबारे अध्यक्ष ओली जानकार रहेको बताइन् । उनले कोशी भ्रमण सकेर फर्किएपछि ओलीले पटक–पटक भेट्न आउँछु भन्दा पछि भेटौँला भन्दै आफूले प्रधानमन्त्रीलाई निवासमा बोलाएर सुरक्षाको तहमा अप्ठ्यारो नपारौँ भनेको पनि खुलाइन् ।

उनले च्यासल भेटबारे पनि खुलस्त बताउँदै आफूलाई बालुवाटारमै भेटौँ भन्ने कुरा अस्वीकार गरी च्यासलस्थित पार्टी कार्यालयमै भेट्ने निर्णय गरेको बताइन् । उक्त दिन आफूले २ बजे नै हिँड्न तयारी गरे पनि अर्को दिन भेट सार्ने प्रस्ताव आएको समेत भण्डारीले खुलाइन् । तर, उक्त प्रस्ताव अस्वीकार गरी सोही दिन नै भेटौँ भनेको उनले बताइन् । उक्त दिन पनि ओली १ घण्टा ढिलो च्यासल पुगेका थिए । भण्डारीले ओली भेट्न ३७ मिनेट कुर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले