२३ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

कृषि अनुदान हत्याउन जीवित व्यक्तिलाई मृत घोषणा गर्ने दुई कर्मचारी पक्राउ

९ श्रावण २०८२, बिहीबार १७:०५

काठमाडौँ । दार्चुलामा कृषि अनुदानको रकम हत्याउनका लागि कृषक समूहका सचिव र कोषाध्यक्षको मृत्यु भएको भन्दै बैंकलाई फर्जी पत्र पठाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिकाको कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी रहेको दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले बताए ।

पक्राउ परेकामध्येका धामी शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामीका छोरा हुन् ।

दुवै जनालाई बुधबार पक्राउ गरेर लिखत सम्बन्धी कसुर किर्ते, किर्ते र आपराधिक विश्वासघात शीर्षकमा किटानी जाहेरी दर्ता गरेर ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको दाहालले बताए ।

उनीहरुले ‘ओखर पकेट क्षेत्र’ कार्यक्रमको २ लाख २० हजार रुपैयाँ अनुदान प्राप्त गर्न कृषक समूहका सचिव मन्जु धामी र कोषाध्यक्ष जानकी धामीको मृत्यु भएको भन्दै हस्ताक्षर परिवर्तनका लागि ग्लोबल आईएमई बैंकको गोकुलेश्वर शाखालाई पत्राचार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार रोड्रिगेजको कडा जवाफः भेनेजुएला विदेशी नियन्त्रणमा छैन स्काभेटर र टिपरको बीचमा च्यापिएर मजदुरको मृत्यु कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा साउनयता नौ गैँडाको मृत्यु वीरगञ्जको जनजीवन सामान्य बन्दै चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने मन्त्रिपरिषद्को निर्णय : प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत निर्वाचन सुरक्षा सम्बन्धमा गृहमन्त्री अर्यालद्वारा प्रदेशका प्रमुख सचिवहरूसँग छलफल