२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ओलीले नै भण्डारीको चरित्र हत्या गरे’ – प्रचण्डको कडा टिप्पणी

११ श्रावण २०८२, शनिबार १६:१८

काठमाडौँ | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा रहेका दुई ठूला दलहरूमा संकटमा रहेको बताएका छन्।

शनिबार काठमाडौंको सितापाइलामा आयोजित शिक्षक संगठनको प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेमा ठूलो वैचारिक र राजनीतिक संकट देखिएको बताएका हुन्।

‘कांग्रेसमा विश्वेश्वरप्रसाद कोइराला र पछिल्लो पटक गिरिजाप्रसाद कोइराला जस्ता नेताहरुले खेलेको भूमिका र गरेको योगदानको हाराहारीमा पुग्ने वैचारिक, राजनीतिक र सांगठनिक नेतृत्वको खडेरी परेको देखिन्छ,’ उनले भने। एमालेभित्र पछिल्लो समय त्यो संकट अझै ठूलो रहेको उनले बताए।

मदन भण्डारी र जनताको बहुदलीय जनवाद (जबज)को आधारमा टिकाएको र अघि बढेको पार्टीमा अहिले जबजको उत्तराधिकारी नै को हो भन्ने संकट देखिएको उनले बताए।

‘आजको दिन जबजको उत्तराधिकारी को हो भन्ने क्राइसिस भयो । जबजको प्रवर्तक नै को हो, प्रस्तावक को हो भन्नेमा विवाद त्यो पार्टीमा सुरु भएको छ । यो ठूलो संकट हो,’ अध्यक्ष प्रचण्डले भने।

अध्यक्ष प्रचण्डले मदन भण्डारीको चारवटा श्रीमती रहेको र सहकारी ठगीको आरोप थियो भनेर अध्यक्ष ओलीले नै भनिदिएपछि त्यो संकट सुरू भएको बताए।

‘मदन भण्डारीसँग सम्बन्धित एउटा कार्यक्रममा प्रधानमन्त्रीले मदन भण्डारीका ४ वटा श्रीमती थिए र सहकारी ठगीको आरोप थियो भन्ने कुराबाट शुरु भएको प्रक्रिया अहिले पक्कै पनि पूर्वराष्ट्रपति विद्या भण्डारीजीले मदन भण्डारी र जबजको सच्चा उत्तराधिकारी मै हो भन्ने ढंगले अघि आउनुभएको छ। यो संकट गहिरिने देखिएको छ । यो ठूलो आइडोलोजिकल, पोलिटिकल क्राइसिस हो,’ उनले भने।

यतिबेला वैचारिक राजनीतिक संकट नभएको पार्टी माओवादी केन्द्र मात्रै रहेको पनि प्रचण्डले दाबी गरे। ‘एकाध मान्छेका असन्तुष्टि, कुण्ठा वा दलालहरुको प्रोभोकेसनमा गएर हाम्रो पार्टीमा कुनै वैचारिक राजनीति संकट पनि छैन। नेतृत्वको संकट पनि छैन,’ उनले भने। ठूला भनिएका दलहरूमा देखिएको संकट माओवादी केन्द्रका लागि अवसर हुने पनि प्रचण्डले बताए।

‘यो हाम्रा लागि अवसरजस्तो बनेर पनि आउँदैछ। यसलाई राम्ररी ह्यान्डल गर्न सकियो भने देशको राजनीतिमा फेरि एकपटक राम्रैसँग नेतृत्व लिनसक्ने वातावरण बन्दैछ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो