2026-09-13 06:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुलमानलाई पार्टीमा ल्याउने प्रयास जारी छ :अमेरिकाबाट फर्किएपछि निर्णय हुने

काठमाडौँ | राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले सहकार्यका लागि कुलमान घिसिङलाई प्रस्ताव गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका घिसिङले उज्यालो अभियान चलाउने तयारी गरिरहेका छन् । सोही क्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका नेताहरूले उनलाई भेटेर सो प्रस्ताव गरेका थिए । घिसिङ भने हाल अमेरिकामा छन् । राष्ट्रिय मुक्ति पार्टी नेपालले आफ्नै पार्टी वा पार्टीले सञ्चालन गरिरहेको अभियानमा सहभागी हुन् उनलाई प्रस्ताव गरिएको पार्टीका नेता सन्तोष मेहताले बताए ।

यसबारे अध्यक्ष महतोले दुई पटक आफ्ना नेता पठाएर कुराकानी गर्न लगाएका थिए । पार्टीका नेता बुद्धि छिरिङको नेतृत्वमा एउटा टोली असार ६ गते भेटेर कुराकानी गरेको थियो भने अर्को टोली असार ८ गते भेटेर कुराकानी गरेको छ ।

नेता मेहताले भने, ‘कुलमानजीलाई पार्टीमै आउन भनेका हौँ, पार्टीमा नआए पनि हामी एउटै अभियानमा हुन्छौँ, उहाँले चलाउने उज्यालो नेपाल अभियानमा हाम्रो साथ सहयोग रहन्छ, हाम्रो अभियानमा पनि उहाँको साथ रहन्छ तर यस विषयमा अहिले नै कुनै टुंगो लागेको छैन, उहाँ अमेरिका जानुभएको छ ।’

उताबाट फर्केपछि औपचारिक रूपमै यो विषयको टुंगो लगाउने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले