2026-10-05 07:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रास्वपा सांसदहरूलाई रविसँग भेट्न रोक,छुट्टाछुट्टै मात्र भेट्न पाउने अनुमति

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म भैरहवामा हुँदैछ । भैरहवाको होटल रमादामा बैठक बस्न लागेको हो ।

बैठकका लागि कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, महासचिव कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झालगायत अधिकांश सांसद मंगलबार साँझ भैरहवा पुगेका थिए भने अन्य सांसदहरू बुधबार बिहान आइपुगेका छन् ।

बैठकअघि मंगलबार बिहान नेताहरूले कारागारमा रहेका रवि लामिछानेलाई सामूहिक रूपमा भेट्ने प्रयास गरेका थिए । तर, प्रशासनले अनुमति नदिएपछि कार्यवाहक सभापति अर्याल र सांसद सोविता गौतमले छुट्टाछुट्टै रूपमा लामिछानेसँग भेट गरेका हुन् । भेटमा दलको नेतृत्व, रुपन्देही-३ को उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।

रास्वपाको संसदीय दल हाल नेतृत्वविहीन अवस्थामा छ । सांसद पद निलम्बनमा परेका लामिछानेको स्थानमा कार्यवाहक नेता तोकिएको छैन । यद्यपि, उपनेता विराजभक्त श्रेष्ठले संयोजनको जिम्मेवारी लिइरहेका छन् । दलको नेताबारे बैठकमा औपचारिक एजेन्डा नरहेको जनाइएको छ ।

दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, भिजिट भिसा प्रकरण, संसद्मा सरकारको रवैया, विधेयकहरूमाथि पार्टीको धारणा र भ्रष्टाचारका मुद्दामा समीक्षा हुनेछ । बैठकपछि सांसदहरू हस्ताक्षर अभियानमा सहभागी हुनेछन् । पार्टीले रुपन्देही-३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया पनि अघि बढाइसकेको छ । इच्छुकबाट साउन २१ गतेसम्म आवेदन माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर