2026-08-23 01:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

कसैलाई भने तेरो भाइ र तँलाई मारिदिन्छु भन्दै बलात्कार गरे मधेश प्रदेशका पूर्वप्रमुख झाले

काठमाडौँ | बलात्कार आरोपमा पक्राउ परेका मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झाविरुद्ध मुद्दा दायर भएको छ । ४ साउनमा पक्राउ परेका झालाई ९ दिनमै प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

 

अहिराजविरुद्ध एक युवतीलाई बलात्कार गरेको आरोप छ । आफूलाई ४ जेठ २०८१ मा काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले बलात्कार गरेको आरोप अहिराजमाथि लागेको छ । एक्लै कोठामा बसेका बेला अहिराजले आएर बलात्कार गरेको पीडितको भनाइ छ । उनीहरूबीच पहिल्यै चिनजान थियो । उनीविरुद्ध मुलुकी फौजदारी अपराधसंहिता २०७४ को दफा २१९ मा उल्लेख बलात्कार गर्न नहुने कसुरमा अनुसन्धान गरिएको थियो । दफा २१९ को उपदफा २ को कसुर गरेको भन्दै खण्ड (ङ) बमोजिमको सजाय मागदाबी गरिएको छ । (ङ) अनुसार १८ वर्ष वा सोभन्दा माथिको उमेरकी महिलालाई बलात्कार गरेमा सात वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

एक्लै भएको मौकामा बलात्कार

पीडित युवतीले आफूमाथि एक्लै भएको मौकामा अहिराजले बलात्कार गरेको बताएकी छिन् । नजिकका नातेदारबाट अहिराजसँग चिनजान भएको भनाइ छ । चिनजान भएकाले अहिराज आफ्नो घरमा बेला–बेला आउने गरेको पनि उनले बयानका क्रममा भनेकी छिन् । त्यतिबेलादेखि नै उनी आफूसँग नजिक हुन खोजेको पीडित युवतीले बताएकी छिन् । विराटनगर बस्ने ती युवती केही समयपछि अध्ययनका लागि काठमाडौं आएकी थिइन् । बानेश्वरमा उनी डेरा गरेर बस्दै आएकी थिइन् । आफ्नै कोठामा आएर अहिराजले बलात्कार गरेको उनले बताएकी छिन् ।

‘म काठमाडौं आएको थाहा पाएपछि बानेश्वरस्थित मेरो डेरागरी बसेको कोठामा पनि आउने जाने गर्न थाल्नु भयो । मेरो बुवा आमा घरपरिवारका सम्पूर्ण सदस्यसँग उनको राम्रो चिनजानी भएको फाइदा उठाई कुनियत राखी ४ जेठ २०८१ गतेका दिन ममाथि बलात्कार भयो,’ पीडित युवतीको भनाइ छ । कोठामा एक्लै बसेका बेला ‘जरुरी कुरा गर्नुछ, तपाईंको परिवारबाट सन्देश ल्याएको छु’ भन्दै अहिराज ती युवतीको कोठामा गएको अनुसन्धानका क्रममा पाइएको छ ।

‘के सन्देश ल्याएको फोनमा नै भनेको भए हुन्थ्यो । म एक्लै भएको ठाउँमा किन आउनु भएको भनी मैँले भनिरहँदा, उहाँले तिमी किन डराएको तिम्रो घरपरिवारसँग चिनजान भएको हुनाले निर्धक्क भएर बस भन्नु भयो,’ पीडित युवतीको बयान छ । पानी दिए लगत्तै कोठाको चुकुल लगाएर आफ्नो मुख थुन्दै बलात्कार भएको पीडित युवतीले बताएकी छिन् ।

‘मैले किन चुकुल लगाउनु भएको भन्दा सिधा आएर मेरो मुख थुनी मलाई विस्तारामा पछार्नु भयो । हल्ला गर्ने चिच्याउने काम गरेमा तेरो आफ्नै बेइज्जत हुन्छ । म त छोरा मान्छे, मलाई केही हुने होइन भन्दै धम्की दिई मेरो घाँटी, मुख बेस्सरी थिच्न थाल्नुभयो । त्यति भन्दा पनि मैले चिच्याउने प्रयास गरिरहेको थिएँ । तर अब चिच्याइस् भने करणी गरेर मारिदिन्छु,’ युवतीले बताएकी छिन् ।

मार्ने धम्की दिँदै आफ्नो अस्मिता लुटेको युवतीको भनाइ छ । ‘तेरो घरका व्यक्तिहरू पनि यहाँ छैनन् । तलाईं कसले मार्‍यो, कसैलाई पनि थाहा हुँदैन, नेपालमा पैसा र पावर हुने कै कानुन छ भन्दै धम्की दिँदै मेरो अस्मिता लुटियो,’ युवतीले प्रहरीसमक्ष भनेकी छिन्, ‘लगातार करणी पश्चात मेरो संवेदनशील अंगबाट रगत बगिरहेको थियो । अब छोडिदिनुहोस् भनि पटक–पटक बिन्ती गर्दै उम्किने प्रयास गर्दा समेत जबर्जस्ती करणी गरिरहे ।’

बलात्कारपछि कुरा बाहिर ल्याएर उल्टै मधेशी समुदायले बहिष्कार गर्ने धम्की दिएको पनि युवतीले बताएकी छिन् ।

‘यो कुरा बाहिर ल्याएमा तँ र तेरो परिवार कहि कतै मुख देखाउन लायक हुने छैन । बाध्यबस स–परिवार नै आत्महत्या गर्ने अवस्थामा पुग्छौ,’ युवतीले आफ्नो जाहेरीमा भनेकी छिन्, ‘तर पनि कसैलाई भनिस् भने कि तँलाई मार्दिन्छु, कि तेरो भाइलाई अपहरण गरी मारिदिन्छु भनी आफ्नो वस्त्र लगाएर कोठाबाट निस्किनु भयो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो