2026-10-02 06:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘संसदीय दल नेता फेर्न संख्या चाहिन्छ, त्यसै त हुँदैन,: नेता शेखर कोइराला

काठमाडौँ | नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदीय दल नेता फेर्न आफू नलागेको बताएका छन्। संसदीय दल नेता फेर्नका लागि सांसदहरूको संख्या आवश्यक पर्ने उल्लेख गर्दै कोइरालाले त्यो सम्भावना अहिले नरहेको पनि बताए।

‘संसदीय दल नेता फेर्न संख्या चाहिन्छ, त्यसै त हुँदैन,’ विराटनगरमा बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘यो कुरा सभापतिजीले पनि बुझ्नुभएको छ, चिन्ता गर्नुपर्दैन।’

कोइरालाले कांग्रेस-एमाले समीकरणको अहिलेको संघीय सरकारले राम्रोसँग काम गर्न नसकेको टिप्पणी पनि गरेका छन्।‘यो समीकरण र सरकार २०८४ सम्म नै जाओस्,’ उनले भने, ‘तर सरकार राम्रोसँग चलाउनुपर्‍यो, अहिले राम्रोसँग चलेको छैन।’

उनले कांग्रेस र एमालेबीच भएका ७ बुँदे सहमति कार्यान्वयनतर्फ लैजानुपर्नेमा जोड दिए।

हालै नेता शेखर कोइरालाले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेपछि कांग्रेसभित्र र बाहिर पनि त्यसको चर्चा भएको थियो।

कोइरालाको यो भेटलाई लिएर कांग्रेसका पूर्वपदाधिकारीहरूले कुरा उठाएपछि सभापति शेरबहादुर देउवाले ‘सक्ने भए संसदीय दल नेता परिवर्तन गरेर देखाउन’ कोइरालालाई चुनौती दिएका थिए।

तर कोइरालाले नेताहरूबीच भेटवार्तालाई सामान्य रूपमा लिनुपर्ने बताएका छन्। २०७९ पुस ६ गते भएको संसदीय दल नेता चुनावमा देउवा ६४ मतसहित निर्वाचित हुँदा अर्का उम्मेदवार महामन्त्री गगन थापाले २५ मतमात्रै ल्याएका थिए।

त्यो संख्यामा खासै फेरबदल नआएकोले संसदीय दल नेता परिवर्तन हुन सक्ने सम्भावना कांग्रेसमा कम छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता