२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजेन्द्र लिङ्देनविरुद्ध जथाभावी टिप्पणी गरेको भन्दै स्वकीय सचिवबाट कुटिए राप्रपाका नेता

१६ श्रावण २०८२, बिहीबार १२:४९

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिवले राप्रपाकै कार्यकर्तामाथि हेल्मेट प्रहार गरेका छन्।

लिङ्देनका स्वकीय सचिव छत्र खडायतले बुधबार साँझ धुम्बाराहीस्थित पार्टी कार्यालय नजिकै रहेको छाप्रो रेस्टुरेन्टमा पार्टीकै कार्यकर्ता राजु गैरेलाई हेलमेट प्रहार गरेर हिँडेका हुन्। खडायतले रेस्टुरेन्ट पुगेर गैरेलाई गफ गरौँ भन्दै केही पर लगेको र हेल्मेट हानेको प्रत्यक्षदर्शीको भनाइ छ।

सोही घटनाको सार्वजनिक भिडियो अनुसार खडायत मोटरसाइकलमा एकजना अन्य व्यक्तिसहित आएको र बसिरहेका केही व्यक्तिसँग हात मिलाएको देखिन्छ। गैरेसँग हात नमिलाई केही पर लगेको समेत भिडियोमा छ। गैरेका अनुसार आफूलाई खडायतले सामाजिक सन्जालमा लिङ्देनविरुद्ध लेखेको विषयमा सोध्दै कुटेको बताएका छन्।

‘मलाई मार्ने नियतले अध्यक्षले त कुटेर आउनु भन्नू भएको थियो तलाई म यहीँ मार्दिन्छु भन्दै बुलेटको हेल्मेटले प्रहार गरेको दृश्य हो। म धर्म रक्षाको एजेन्डा सुनेर मात्र यो पार्टीमा लागेको थिए यो पाटिमा १८ बर्ष दिएको योगदान स्वरुप धार्मिक उपहार।’ गैरेले सामाजिक सन्जालमा लेखेका छन्,‘

कुटपिटबाट कुनै चोटपटक नलागेपनि रिँगटा लाग्नेलगायतका समस्या भएपछि आफू अहिले त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य जाँचका लागि आएको उनले बताए । यस्तै उनले छत्रविरुद्ध प्रहरी वृत्त महाराजगन्जमा उजुरी समेत दिएका छन्।छत्रले गैरेमाथि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध जथाभावी टिप्पणी आरोप लगाउँदै एकाएक कुटेर भोगेको बताइएको छ। राप्रपा अहिले दुई गुटमा विभाजित छ। एकातिर लिङ्देन र अर्कातिर महामन्त्री धवलशमशेर राणा छन्। राणा निकट मानिने गैरेलाई लिङ्देन पक्षीय खडायतले कुटपिट गरेको नेताहरू बताउँछन्।

गैरेले गत निर्वाचनमा पाल्पामा राप्रपाको तर्फबाट गत प्रदेशसभा सदस्य पदमा उम्मेदवारी समेत दिएका थिए । यता खडायतको भने प्रतिक्रिया लिन सकिएको छैन। उनको मोबाइल स्वीचअफ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…