2026-10-05 07:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजेन्द्र लिङ्देनविरुद्ध जथाभावी टिप्पणी गरेको भन्दै स्वकीय सचिवबाट कुटिए राप्रपाका नेता

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिवले राप्रपाकै कार्यकर्तामाथि हेल्मेट प्रहार गरेका छन्।

लिङ्देनका स्वकीय सचिव छत्र खडायतले बुधबार साँझ धुम्बाराहीस्थित पार्टी कार्यालय नजिकै रहेको छाप्रो रेस्टुरेन्टमा पार्टीकै कार्यकर्ता राजु गैरेलाई हेलमेट प्रहार गरेर हिँडेका हुन्। खडायतले रेस्टुरेन्ट पुगेर गैरेलाई गफ गरौँ भन्दै केही पर लगेको र हेल्मेट हानेको प्रत्यक्षदर्शीको भनाइ छ।

सोही घटनाको सार्वजनिक भिडियो अनुसार खडायत मोटरसाइकलमा एकजना अन्य व्यक्तिसहित आएको र बसिरहेका केही व्यक्तिसँग हात मिलाएको देखिन्छ। गैरेसँग हात नमिलाई केही पर लगेको समेत भिडियोमा छ। गैरेका अनुसार आफूलाई खडायतले सामाजिक सन्जालमा लिङ्देनविरुद्ध लेखेको विषयमा सोध्दै कुटेको बताएका छन्।

‘मलाई मार्ने नियतले अध्यक्षले त कुटेर आउनु भन्नू भएको थियो तलाई म यहीँ मार्दिन्छु भन्दै बुलेटको हेल्मेटले प्रहार गरेको दृश्य हो। म धर्म रक्षाको एजेन्डा सुनेर मात्र यो पार्टीमा लागेको थिए यो पाटिमा १८ बर्ष दिएको योगदान स्वरुप धार्मिक उपहार।’ गैरेले सामाजिक सन्जालमा लेखेका छन्,‘

कुटपिटबाट कुनै चोटपटक नलागेपनि रिँगटा लाग्नेलगायतका समस्या भएपछि आफू अहिले त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य जाँचका लागि आएको उनले बताए । यस्तै उनले छत्रविरुद्ध प्रहरी वृत्त महाराजगन्जमा उजुरी समेत दिएका छन्।छत्रले गैरेमाथि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध जथाभावी टिप्पणी आरोप लगाउँदै एकाएक कुटेर भोगेको बताइएको छ। राप्रपा अहिले दुई गुटमा विभाजित छ। एकातिर लिङ्देन र अर्कातिर महामन्त्री धवलशमशेर राणा छन्। राणा निकट मानिने गैरेलाई लिङ्देन पक्षीय खडायतले कुटपिट गरेको नेताहरू बताउँछन्।

गैरेले गत निर्वाचनमा पाल्पामा राप्रपाको तर्फबाट गत प्रदेशसभा सदस्य पदमा उम्मेदवारी समेत दिएका थिए । यता खडायतको भने प्रतिक्रिया लिन सकिएको छैन। उनको मोबाइल स्वीचअफ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर