2026-08-23 01:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६ महिनामा सरकार परिवर्तन नहोस भनेर काँग्रेस र एमालेले ७ बुदे सम्झौता गरेको हो : उपप्रधानमन्त्री सिंह

काठमाडौँ | उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक अस्थिरता रोक्न नेकपा एमाले र नेपाली काँग्रेसबीच सात बुँदे सहमति भएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन सिंहले सरकारमा अस्थिरता बढेको र सुशासन कायम हुन नसकेको जनगुनासोपछि स्थायित्व, स्थिरता र सुशासन दिनका लागि जनताको मागअनुसार दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएको बताएका हुन् ।

 

‘हामी जनतालाई अधिकार दिनका लागि राजनीतिमा आएको हो । केही प्राप्त होला, उपप्रधानमन्त्री, मन्त्री, सांसद बनौँला भनेर पार्टीमा लागेको होइन’ उनले भने, ‘जनताको अधिकार खोसिएको छ, त्यसको पुनर्वहाली गर्न ज्यान समर्पण गर्नपरे पनि गर्ने भनेर राजनीतिमा लागेका हौँ ।’

पहिलेजस्तो अहिले राजनीति गरेकै आधारमा जेल जानु पर्ने र केही कुरा गुमाउने अवस्था नरहेको सिंहले बताए । उनले थपे, ‘पहिला त जेल जानुपर्ने, पुलिसको लाठी खानुपर्ने, निर्वासित जीवन बिताउनुपर्ने, परिवारसँग अलग भएर बस्नुपर्ने, परिवारको अवस्था नाजुक हुने थियो ।’

 

मन्त्रिपरिषद् हेरफेर हुने चर्चा भइरहेको बेला सिंहले ६/६ महिनामा सरकार परिवर्तन हुने अस्थिर बाटोलाई तोडेर सरकार अघि बढेको तर्क गरे । उनले गत निर्वाचन सकिनासाथ सरकारमा नहुँदा काँग्रेसीजनमा कस्तो भएको थियो भन्ने विचार गर्न पनि सचेत गराए ।

‘सरकारमा खाली मन्त्री, उपप्रधानमन्त्री हुन मात्रै गएका होइनौँ । सात बुँदे जुन समझदारी बनेको छ, त्यो त्यसै सितिमिति कम आंकलन नगरौँ,’ उनले भने, ‘राजनीतिक स्थिरता ल्याउनका लागि देशको ठूलो दल नेपाली काँग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले मिलेर अरू दलहरूलाई पनि समेटेर यो वर्तमान गठबन्धन सरकार चलिरहेको छ । नत्र ६ महिनामा त सरकार परिवर्तन भइरहन्थ्यो ।’

उनले थपे ‘जनताले सरकारको बनेदेखि दिनगन्ती सुरु हुन्छ । सरकारले के काम गर्दछ ? भन्न थाले । स्थिरता र स्थायित्व चाहियो भनेपछि अहिलेको गबठन्धनको आवश्यकता भएर बनेको हो ।’

उपप्रधानमन्त्री सिंहले नेपाली कांग्रेसलाई व्यवस्थित गरेर अघि लैजानुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो