२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रञ्जितालाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्षबाट हटाउने प्रस्ताव पारित

१६ श्रावण २०८२, बिहीबार १५:३४

रञ्जिता श्रेष्ठ चौधरीलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको छ ।

बुधबार काठमाडौंमा भएको राष्ट्रिय भेलाले श्रेष्ठलाई नाउपाको अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको महासचिव ठाकुरसिंह थारुले जानकारी दिए । ‘श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित भयो । अब अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा भने छलफल हुँदै छ,’ थारुले भने ।

यसअघि पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि अध्यक्ष श्रेष्ठले स्वास्थ्यको कारण देखाउँदै वरिष्ठ नेता शिव बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन् । बहुमत केन्द्रीय सदस्यहरूले पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन २४ घण्टे अल्टिमेटम दिएपछि गत १० साउनदेखि लागू हुने गरी अध्यक्ष श्रेष्ठले बाँस्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी थिइन् ।

 

 

यसअघि गत शुक्रबार नाउपाका बहुमत केन्द्रीय सदस्यहरूले पार्टीको केन्द्रीय समिति बैठक २४ घण्टाभित्र बोलाउन अल्टिमेटम दिएका थिए । तर, कार्यवाहक अध्यक्ष तोकेको पत्रमा कारण भने अध्यक्ष रञ्जिताले आफ्नो स्वास्थ्य अवस्थालाई देखाएकी थिइन् ।

आफ्नो स्वास्थ्य अवस्था राम्रो नभएको र पार्टीको दैनिक कार्य सञ्चालन र महत्त्वपूर्ण निर्णयमा भौतिक उपस्थिति सम्भव नभएको भन्दै रञ्जिताले बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेको उल्लेख गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा