2026-10-05 09:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रञ्जितालाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्षबाट हटाउने प्रस्ताव पारित

रञ्जिता श्रेष्ठ चौधरीलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको छ ।

बुधबार काठमाडौंमा भएको राष्ट्रिय भेलाले श्रेष्ठलाई नाउपाको अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको महासचिव ठाकुरसिंह थारुले जानकारी दिए । ‘श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित भयो । अब अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा भने छलफल हुँदै छ,’ थारुले भने ।

यसअघि पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि अध्यक्ष श्रेष्ठले स्वास्थ्यको कारण देखाउँदै वरिष्ठ नेता शिव बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन् । बहुमत केन्द्रीय सदस्यहरूले पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन २४ घण्टे अल्टिमेटम दिएपछि गत १० साउनदेखि लागू हुने गरी अध्यक्ष श्रेष्ठले बाँस्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी थिइन् ।

 

 

यसअघि गत शुक्रबार नाउपाका बहुमत केन्द्रीय सदस्यहरूले पार्टीको केन्द्रीय समिति बैठक २४ घण्टाभित्र बोलाउन अल्टिमेटम दिएका थिए । तर, कार्यवाहक अध्यक्ष तोकेको पत्रमा कारण भने अध्यक्ष रञ्जिताले आफ्नो स्वास्थ्य अवस्थालाई देखाएकी थिइन् ।

आफ्नो स्वास्थ्य अवस्था राम्रो नभएको र पार्टीको दैनिक कार्य सञ्चालन र महत्त्वपूर्ण निर्णयमा भौतिक उपस्थिति सम्भव नभएको भन्दै रञ्जिताले बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेको उल्लेख गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर