२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आज चार संसदीय समितिको बैठक बस्दै

१७ श्रावण २०८२, शुक्रबार ०७:५३

काठमाडौँ । संघीय संसदअन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दैछ। बैठक बस्ने समितिहरूमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति रहेका छन्।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो १२ः३० बजे समितिको कार्यकक्षमा बस्नेछ। बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ विषयमा छलफल हुनेछ। छलफलमा संघ र प्रदेश सरकारका सरोकारवाला मन्त्रालयहरू, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल तथा भूमि, वन र कानुन क्षेत्रका विज्ञहरूको उपस्थिति रहनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ः३० बजे समितिको कार्यकक्षमै बस्नेछ। बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक अपराह्न १ः०० बजे बस्नेछ। उक्त बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ सम्बन्धी दफावार छलफल हुनेछ।

यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११स्ः०० बजे हुने भएको छ। उक्त बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन प्रगति, देखिएका समस्या, समाधान प्रयास तथा समितिको अपेक्षासम्बन्धी विषयमा छलफल गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार रोड्रिगेजको कडा जवाफः भेनेजुएला विदेशी नियन्त्रणमा छैन स्काभेटर र टिपरको बीचमा च्यापिएर मजदुरको मृत्यु कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा