2026-10-05 07:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वप्रकाशको रास्वपालाई सुझाव: तीन ‘अ’ बाट मुक्त हुनुहोस्,किनकि रवि गृहमन्त्री हुदानै भिजिट भिसामा धेरै विदेश गएका थिए

काठमाडौँ | नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई तीन ‘अ’ बाट मुक्त हुन सुझाव दिएका छन् ।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै महामन्त्री शर्माले रास्वपालाई नयाँ दलले नयाँ संस्कार प्रस्तुत गर्नु पर्छ भन्दै तीन ‘अ’ अतार्किक अडान, आवेग र अराजकताबाट मुक्त हुन सुझाव दिएका हुन् ।

शर्माले रास्वपाले लगाउदै आएको भिजिट भिसा प्रकरणको जवाफ दिदै रवि लामिछाने गृहमन्त्री हुदा सबैभन्दा बढी भिजिट भिसामा विदेश गएको आँकडा प्रस्तुत गरेका थिए । उनले रास्वपालाई जिम्मेवार बन्न आग्रह गर्दै संसद बहिष्कार गरेर अराजनीतिक गतिबिधि नगर्न अनुरोध गरेका छन् । शर्माले राजनीतिक दलले गर्ने काम राजनीतिक दलले गर्नुपर्ने भन्दै कानुनलाई आफ्नो काम गर्न दिनुपर्ने बताए । उनले सहकारीमा पाँचसय भन्दा बढी पक्राउ परेकामा अरु सबै ठग एक जना रवि लामिछाने प्रतिशोधले थुनिएको नहुने बताए ।

शर्माले आफ्ना धारणा राख्दै सरकारलाई स्वास्थ्य, कृषि, विकास निर्माणका काममा मन्त्रीहरु र प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । उनले सहकारी पिडितको रकम फिर्ता गराउने बातावरण बनाउन प्रधानमन्त्री विदेशबाट फर्किनासाथ ध्यानाकर्षण गराउने बताउदै जीबी राई अहिलेसम्म पक्राउ नपरेकोमा सरकारलाई प्रश्न गरेका छन् ।

महामन्त्री शर्माले जनतालाई फकाउन भन्दा भड़काउन सजिलो हुने भन्दै एकथरीले २०८४ मा आफुहरु आएपछि सबै ठिक हुने भन्दै जनता भड्काइरहेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर