2026-10-04 09:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपा प्रियतावादी दल हो,रास्वपालाई ठूला डाँकाले गाली गरेर सरकार चल्दैन :माधव सापकोटा

काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले दुई ठूला पार्टीले सरकार बनाउँदा गरेका प्रतिबद्धताअनुसारका काम नगरेको बताएका छन्।

बुधबार प्रतिनिधि सभामा बोल्दै सापकोटाले सुशासन, स्थिरता र संविधान संशोधनको नारा दिएको सरकारले संविधान संशोधनबारे अहिलेसम्म छलफल नगरी रास्वपालाई गाली गरेर बसेको बताएका हुन्।

उनले रास्वपा प्रियतावादी दल भएको र त्यसलाई गाली गर्नुको कुनै औचित्य नभएको पनि बताए।

‘गिरीबन्धुमा स्मेल नै आउने गरी, लिचीबारीमा रमाइलो गर्ने। सुशासन, स्थिरता र संविधान संशोधनको नारा दिएको सरकारले आजका दिनसम्म संविधान संशोधनबारे एक मिनेट कसैसँग छलफल नगर्ने? अनी प्रियतावादीहरूलाई गाली गरेर के उपलब्धी छ?,’ उनले भने।

उनले राम्रो काम गर्नका लागि प्रमुख प्रतिपक्षी दल राम्रो काम गर्ने कुराका लागि समर्थन गर्न तयार भएको बताए। ‘कहाँ ल्याप्चे हान्न पर्‍यो? ब्ल्यांक पेपरमा सिग्नेचर गर्नपर्छ भने पनि प्रतिपक्षी तयार छ,’ उनले भने।

उनले रास्वपा र राप्रपाले जे विरोध गरेको पनि ठीक नभएको बताए।

‘तर लोकतन्त्र त्यो पनि होइन जहाँ महिना दिनसम्म चौथो र पाँचौं दलले बहिस्कार गर्दा केहो भनेर छलफल नगर्ने अनी ठूला डाँकाले गाली गर्ने अनी बाहिर जनताले पत्याइदिन्छन् भन्ठानेको? कसैले पत्याउँदैन? बोलाउनुस्, छलफल गर्नुस् मानेनन् भने के कुराले मानेनन् यहाँ आएर संसदमा भन्नुस्। त्यसबेला तपाईहरू जिम्मेवार हुनुभएको ठहर हुन्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर