2026-08-23 10:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पञ्चायतमा पनि पत्रपत्रिका दिन्थे, रविलाई किन बञ्चित? ‘ – डा. भट्टराईको आक्रोश

काठमाडौँ | नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई कारागारमा पुगेर भेटेका छन् ।

सहकारी ठगीलगायतका अभियोगमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका लामिछानेलाई बिहीबार डा. भट्टराईले भेटेका हुन् ।

भेटपछि उनले लामिछानेलाई सूचनाबाट बन्चित गरेको जानकारी दिए । कारगारमा पत्रपत्रिका उपलब्ध नगराएर लामिछानेलाई सूचनाबाट बन्चित गरेको भन्दै उनले पञ्चायतकालमा समेत कैदीलाई पत्रपत्रिका पढ्न दिने गरेको स्मरण गरे ।

लामिछानेलाई एक्लै कोठामा राखेको र पत्रपत्रिकाबाट समेत बन्चित गरेको देखेर आफूलाई अप्ठेरो लागेको डा. भट्टराईको भनाइ छ । यसबारे आफूले प्रहरीसँग जानकारी लिँदा पत्रपत्रिका उपलब्ध गराउने आदेश नभएको बताएको डा भट्टराईले बताए ।

उनका अनुसार साँघुरो ठाउँमा एक्लै कोठामा लामिछाने बसेका छन् । लामिछानेलाई थुना बाहिर रहेर मुद्दा लड्न दिनुपर्ने डा. भट्टराईले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो