२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पाकिस्तानी क्रिकेटर इङ्ग्ल्याण्डको मैदानबाटै पक्राउ

२४ श्रावण २०८२, शुक्रबार १४:१५

काठमाडौँ | पाकिस्तानका युवा ब्याट्सम्यान हैदर अली बलात्कारको आरोपमा इङ्ग्ल्याण्डमा पक्राउ परेका छन् ।

उनी अगस्ट ३ मै समातिए पनि घटना अहिले बाहिरिएको हो । टेलिकम एसिया स्पोर्ट्सको रिपोर्ट अनुसार २४ वर्षीय ब्याट्सम्यान हैदर पाकिस्तान ए टिम (पाकिस्तान शाहिन) का सदस्य हुन् ।

गत ३ अगस्टमा उनले क्यान्टरबरी मैदानमा मेलबर्न क्रिकेट क्लब टिमविरुद्ध खेल खेल्दै थिए। ग्रेटर म्यानचेस्टर प्रहरीले उनलाई मैदानबाटै पक्राउ गरेको हो । उनी जमानतमा रिहा भए पनि देश छोड्न नपाउने गरी उनको राहदानी जफत गरिएको छ ।

यो घटना सार्वजनिक भएपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले हैदर अलीलाई निलम्बन गरेको छ । रिपोर्ट अनुसार हैदरमाथि बलात्कारको आरोप लगाउने युवती पाकिस्तानी मूलकी हुन् ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का एक प्रवक्ताले भने, ‘हामीलाई गिरफ्तारीबारे जानकारी दिइएको थियो। अनुसन्धान पूरा नभएसम्म निलम्बन गरिएको छ । हामी बेलायतमा आफैँ अनुसन्धान गर्नेछौँ। बोर्डले यस कठिन समयमा हैदरलाई कानुनी सहयोग गर्नेछ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला