2026-10-05 07:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविले ‘नयाँ नौटंकी’को खेल सुरु गरे : एमाले नेता

काठमाडौँ | नेकपा (एमाले)का नेता महेश बस्नेतले कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ नौटकी सुरु गरेको बताएका छन्। उनले ‘नमागिएको धरौटी’ तिर्न अग्रसर भएसंगै सहकारी ठगी प्रकरणको दोस्रो अध्याय सुरु भएको बस्नेत बताउँछन्।

‘रवि लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ प्रयोग गर्दै कानुनी चातुर्य प्रदर्शन गर्न खोजेका छन्,’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर जनताको नजरमा यो न त नयाँ राजनीति हो, न नैतिक राजनीति हो, यो त ‘नयाँ नौटङ्की’ हो।’

बस्नेतले जनताले तर्क हैन न्याय मागेको समेत सुनाए। ‘जनताले मागेको तर्क होइन, न्याय हो? अन्यायमा परेका पीडितहरूमाथि न्याय नदिएर बैंक धरौटीको सहारामा उम्किने प्रयासले अब रविको छवि झनै शङ्कास्पद बनेको छ,’ उनले लेखेको छन्, ‘अदालतलाई समेत भ्रममा पार्न बैंक ग्यारेन्टी को फण्डा त काम लाग्ला, तर जनतालाई चित्त बुझाउन न्याय दिन यो तरिका कहिल्यै सफल हुँदैन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर